डडेल्धुराका महिलाहरु श्रम सोषणका शीकार I

काठमाण्डौ जेठ १४,

नारीदर्पण डटकम : मजदुरी गरेर जिबिकोपार्जन गर्ने डडेल्धुराका महिलाहरु पारिश्रमिक विभेदका शीकार भएका छन् । समान काम गरे पनि जिल्लाका महिलाहरुले पुरुष भन्दा झन्डै आधा नै कम ज्याला पाउछने गरेका छन् ।

लैंगिक समानताका ठुला ठुला नारा लगाईये पनि त्यहाँ का महिलाहरु भने काममा लैंगिक विभेदको शीकार हुनु परेको छ । पुरुष र महिलाले समान काम गरेनि ज्याला भने समान रुपमा उनीहरु पाउदैनन । उस्तै काम गरेबापत पुरुषले पांच सय देखि सातसय सम्म पाउछन भने महिलाले दुइसय पचास देखि तीन सय रुपैया सम्म मात्र पाउने गरेका छन् ।

डडेल्धुरा जिल्ला सदरमुकाम आसपास सयौं महिलाले दैनिक मजदुरी गरेर दैनिकी चलाउनु पर्ने बाध्यता छ । त्यस बाहेक महिला भएकै कारण समयमा ज्याला नदिने सरम सोषण गर्ने जस्ता समस्या का बिच काम गंरुई पर्ने बाध्यता रहेको उनीहरुको असन्तुष्टि र गुनाशो छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com