जेष्ठ १३,
आफू काम गरिरहेको अस्पतालमा आगो लगाएर ११ जनाको हत्या गरेको आरोपमा एक पुरूष नर्सलाई प्रहरीले पक्राउ गरी अदालतसमक्ष उपस्थित गराएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको एक अस्पतालमा काम गर्दै आएका ती पुरूष नर्सले आफूले काम गर्दै आएको अस्पतालमा आगो लगाएर ११ जनाको हत्या गरेका थिए ।
निकै लामो समयको अनुसन्धानबाट मात्र उक्त घटनाबारे प्रहरीले ठोस तथ्य पत्ता लगाएको थियो । सन् २०११ मा भएको उक्त घटनामा दोषी रहेको आरोपमा प्रहरीले ३७ वर्षीय ती पुरूषलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । उसले अस्पतालमा पहिले आगो लगाएको र पछी आफूले उक्त आगो निभाएर बहादुरी गरेको कुरा समाचारमा माध्यममा बताएका थिए ।
आगो लगाएर अरूलाई उद्धार गरेर चर्चामा आउने सुरमा उनले यस्तो गरेको बताइएको छ । उनीमाथी मुद्धा दायर गरी अदालतमा आजदेखी सुनुवाईको काम थालिएको बताइएको छ । उसले आफुले अस्पतालबाट औषधीहरू समेत चोर्ने गरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । ती पुरूषलाई जन्मकैद हुन सक्ने बताइएको छ ।एजेन्सी :