दोबाटोमा बिधवाको दुर्दसा हेर्नुहोस
पती गुमाई घृणा पाको दुर्दसा हेर्नुहोस
आफुलाइ अभागिको दर्जा दिनेहरु
जन्म दिने आफ्नै बा को दुर्दसा हेर्नुहोस
भगवानकै मन्दिरमा बलत्कार हुन्छ
नपत्याए राम् सिताको दुर्दसा हेर्नुहोस
असल मित्र बन्ने अनि बनाउने हरु
कृष्ण अनि सुधामाको दुर्दसा हेर्नुहोस
यस्तो भन्ने दिन पनि आउला कुनै बेला
"समर्पण" बहुलाको दुर्दसा हेर्नुहोस