मुक्तक : By, सनम गोले

 
 १
तिम्रो यादहरूमा डुब्नुको मज्जा बेग्लै
नतमस्तक बन्दै झुक्नुको मज्जा बेग्लै
तिम्रो नशालु आँखाको गहिराईमा डुब्दै
बेहोस बेहोस भै चुम्नुको मज्जा बेग्लै

                   २
देसमा फेरी चुनाव आँउदै छ रे
फटाह नेता गाँउ शहर धाँउदै छ रे
फेरी एकपटक भोट दिनु पर्यो भन्दै
झुट आस्वासनका नारा लाँउदै छ रे

                   ३
दक्षिण बाट बिदेशीले पेल्दैछ
नेपाली भुमीमा परेट खेल्दैछ
हाम्रा नेता,सरकार किन चुपछन
नेपालीको अस्थित्व पर ठेल्दैछ

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com