चितवन ६,
होमनाथ सापकोटा :जेठ
पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा अवस्थित
गामबेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव हुन
थालेको छ । सहयोग जुटाएर वालवालिकाको लालनपालन
तथा अध्ययापन गराईरहेको संरक्षणकेन्द्रमा
अन्य सामाग्री सहयोग हुने क्रम जारी रहे पनि
खाद्यान्न भने अभाव हुने गरेको छ ।
सहयोगीहरुवाट
खाद्यन्न सामाग्र कम मात्रामा सहयोग हुने गरेकाले
अभाव सृजना हुने गरेको संरक्षण केन्द्रका अध्यक्ष के
पिकिरण शर्माले बताउनु भयो । विभिन्न पहाडी वस्तीमा
खाद्यान्न संकट र शारिरीक अपाङगता को कारण पढाई
बाट बञ्चित भएका ४७ जना चेपाङ बालाबालिकाहरु सो के
न्द्रमा आश्रय लिइ अध्ययन गरी रहेका छन् । सोे के
न्द्रमा दाताहरुको नजर नपर्नाले खाद्यान्न अभाव सुरु
भएको छ ।
केन्द्रमा आश्रित बालबालिकाहरुको लागि दै
निक २० किलो चामल, छ किलो आलु,१ लिटर तेल,१ किलो
प्याज, १० किलो हरियो तरकारी आबश्यक पर्ने केन्द्का
अध्यक्ष शर्माले जानकारी दिनुभयो । केन्द्रमा हाल
चितवनको दाहखानी, काउले, शक्तिखोर, सिद्धि, कोराक, लो
थर,र मकवानपुरको काँकडा गाविसका अपाङग, अनाथ र आर्थिक
स्थिति अत्यन्तै कमजोर भएका ४७ जना चेपाङ
बालबालिकाहरु केन्द्रमा आश्रय लिई नजिकै रहेको
पञ्चकन्या उच्च माविमा अध्ययन गरिरहेका छन् ।
मागेरै
भएपनि पढाउन सक्छु भन्ने हिम्मतका साथ अभियान
चलाईरहेका शर्माले पछिल्लो समयमा बालबालिकाहरु बिर
ामी भएको बेला औषधि उपचार लत्ता कपडा स्टेशनरी र
खाद्यान्न जुटाउन आफुलाई धौ धौ परेको बताउनु
भयो । उहाँले अभियानमा कसैले एक रुपैया दियो भने
पनि आफुहरुलाई एक लाख बराबर हुने र कसैले एक
मुठी चामल दियो भने एक मुरी बराबर हुने बताउनुभयो
। केन्द्रले त्यस्तै अभियान चलाएर एक बर्ष अघि पूर्वी
चितवनको पिठुवा स्थित बिन्देश्वरी निमावि मा सिद्धि गाबिसका
२६ जना चेपाङ बालबालिकाहरुलाई उचित व्यबस्थापन
गरिसकेको छ ।
केन्द्रमा आश्रित ४७ जना चेपाङ
बालबालिकाहरुलाई कोही सह्दयी महानुभावको सहयो
गमा व्यबस्थापन गर्न सके फरी पनि जोखिममा परेका
अन्य चेपाङ बालबालिकाहरुको उद्धार गर्न तयार रहेको
शर्माको भनाई रहेको छ । अध्यक्ष शर्माले पत्रकारि
ता संगै वाँकी जीवन जोखिममा परेका चेपाङ वालवालिकाको
उद्वारमा खर्चिने बताउनु भयो ।