ती आमाकी आँशु तिमी, पुछ्नलाई जाऊ
कुन हालमा छिन आमा, बुझ्नलाई जाऊ
किन जानु मन्दिरमा, घण्टा बजाउन
आमा नै हुन् भगवान, पुज्नलाई जाऊ
संधै खुशी रहुँ भनि, आशिर्वाद लिन
जन्म दिने आमा सामु, झुक्नलाई जाऊ
छोरा छोरी भन्दै सदा, आँखा टोलाउने
त्यै आँखाको परेलीमा, छुप्नलाई जाऊ
आफ्नो माया भन्दा बेसी, सन्तानको हुने
तिनै बुढी आमा सित, घुल्नलाई जाऊ
ती आमाकी आँशु तिमी, पुछ्नलाई जाऊ
कुन हालमा छिन आमा, बुझ्नलाई जाऊ
सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा