उठौ सबै सर्बहारा जाग्नु पर्छ अब
सामन्तीको बिरुद्धमा लाग्नु पर्छ अब
सबै जातिलाई एउटै मालामा गास्दै
एकतामा देश हाम्रो हाक्नु पर्छ अब
भ्रस्टचारको जरो उखेली फेदै देखी
ति अत्याचारका सिमा नाघ्नु पर्छ अब
... हातमा हात बाधि राखी मिल्दैन हक
खोसिएका अधिकार माग्नु पर्छ अब
कुरुती र बिसंगती हटाएर हाम्ले
शिखर छुने लक्ष त्यो ताक्नु पर्छ अब
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल