लस एन्जेलसमा बुद्ध जयन्ति भव्यताको साथ सम्पन्न

लस एन्जेलस अमेरिका जेठ १२ ,

विजय थापा : लस एन्जेलस ,मे २५ श्री पशुपतिनाथ प्रतिस्ठानको आयोजनामा एक बिश्व बिद्यालयको भवनमा २५५७ बुद्ध जयन्ति बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ  शान्तिका अग्रदूत भगवान बुद्ध को नाम मा स्थापना गरिएको श्री पशुपतिनाथ प्रतिस्ठान नेपाली समुदायमा चिर परिचित छ  गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेसनको संघारमा आयोजना गरिएको बुद्ध जयन्तिमा नेपाल ,क्यानाडा बिभिन्न राज्यहरुबाट पाल्नु भएका अतिथि तथा स्थानीय समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो  

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने श्री पशुपतिनाथ प्रतिस्ठानका उपाधक्ष्य बासु घिमिरेले स्वागत मन्तब्य गर्नु भएको थियो  यसै गरि भिक्षुणी लोज़ांग त्रिन्ले प्राथना गर्नु भएको थियो भने प्रतिस्ठानका महा सचिब प्रेम गुरागाईले श्री पशुपतिनाथ प्रतिस्ठानको बारेमा तैयार गरिएको एक छोटो श्रब्य दृश्य (भिडियो ) देखाईएको थियो  कार्यक्रमलाई उदेश्य मुलुक बनाउने योजना अनुसार ममता उपाध्यायले नृत्य प्रस्तुत गरेकी थिइन् भने जापान बाट आउनु भएका एन आर एन ए का पुर्व अधक्ष्य तथा प्रमुख संरक्षक देवमान हिराचनले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा हामी सबैले जानकारी गराउनु दायित्व हो भन्दै हर्ष व्यक्त गर्नु भयो  

कार्यक्रममा भर्जिनियाबाट आउनु भएका कबि ,साहित्यकार तथा संचारकर्मी गोविन्द गिरि प्रेरणाले बुद्ध सम्बन्धि कविता वाचन गर्नु भएको थियो भने ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ,एन आर एन का अधक्ष्य प्रल्हाद केसीले मन्तब्य राख्नु भएको थियो  यसै गरि प्रख्यात तबला बाजक होमनाथ उपाध्यायले अद्वितीय तबलाको प्रस्तुति गर्नु भएको थियो भने गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन सफल हुनु भएका संचार कर्मी रवि लामिछानेले वहालाई सहयोग गर्नु हुने सबै लाई धन्यवाद दिनु हुदै बुद्धको नेपाल मा जन्मेका हौ भन्दै यसको लागि हस्ताक्षर कार्यक्रम पनि रहेको जानकारी गराउनु भयो यसै गरि तारा गुरुङ ले नेपालका संस्कृति झल्किने र बुद्ध सम्बन्धि नृत्य प्रस्तुति गरेकी थिईन भने शिव अधिकारीले कविता वाचन गरेका थिए  

प्रतिस्ठानका उपाधक्ष्य गोकुल पौड्याल ,नेपाल सरकारको तर्फबाट क्यालिफोर्नियाका लागि नियुक्त हुनु भएका महाबाणिज्य दुत ऋषि ढकाल ,सयुक्त राष्ट्रिय संघ आवाशीय उप स्थाई प्रतिनिधि महामहिम सेवा अधिकारीले मन्तब्य राख्नु भएको थियो भने अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले बुद्धको बारेमा अझ सबैले प्रचार प्रसार गंर्नु पर्ने बिचार राख्नु भएको थियो  कार्यक्रममा प्रतिस्ठानलाई सहयोग गर्नु हुने तथा कलाकारहरुलाई प्रमाण पत्र वितरण महामहिम राजदूत डा शंकर प्रसाद शर्माले प्रदान गर्नु गरिएको थियो  

कार्यक्रम को बिचमा बुद्धको छोटो चलचित्र देखाईएको थियो भने श्री पशुपतिनाथ प्रतिस्थानका सभापति भक्त थापाले पृष्ठ भूमिको बारेमा चर्चा गर्दै यो महान कार्यमा सबैको सहयोगको अपेक्षा रहेको बताउदै सबै लाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो भने उक्त कार्यक्रमको उद्घोषण संचार कर्मी सुर्य थापाले गरेका थिए 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com