सृष्टिको अमुल्य उपहार हौ नारी तिमी
सुन्दर संसारको रचना गर्दै जानु
शिक्षाको अमुल्य ज्योती हौ नारी तिमी
देशको कुना कुनामा प्रकाश छर्दै जानु
उच्च हिमालामा फुल्ने लाली गुँराश फुल झै
सदावाहार मुस्कुराइ रहनु नारी तिमी
पवित्र नदी गंगा र सप्तकोशी झै
सदा शान्त बनी अघी बढी रहनु नारी तिमी
स्वातन्त्र उड्न चाहने तिम्रा पखेटाहरु
स्वार्थी समाजले काटी दिएता पनि
सुकमोल तिम्रा हृदय भित्र
हजारौ क्रान्तिका आगो बलेता पनि
रक्तबिरका सयौ बन्दुकका गोलिहरु
असिना सारी तिम्रो शरिरमा बर्षेता पनि
तिम्रा लाखौ बिर योद्दा साथिहरु
लिम्बुवानी माटोमा सहिद बनेर गएता पनि
बिचलित कहिल्यै पनि नहुनु नारी तिमी
किनभने,
साक्षत देविको अवतार हौ नारी तिमी ।
अत्यचारी दानवको अन्त्य गर्दै जानु ।
सभ्य समाजको पहिचान हौ नारी तिमी
अन्ध्-बिश्वाशी समाजलाई बदल्दै जानु ।
आकाश लिम्बु