गजल : By, नवराज भट्ट



एउटा शरीर ढलेर गयो
साथ नपाउदा लडेर गयो

कतैबाट साहारा नपाएपछी
मर्यो सिनो बनी सडेर गयो
...
अस्तु,देह मिल्यो जमिनमा
चिताको आगोमा जलेर गयो

त्यो दिन हाम्रो पनि आउछ
हो नमिठो छाप छोडेर गयो

दुइदिन को पाउना धर्ती को
अधुरो यो यात्रा मोडेर गयो

नवराज भट्ट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com