अब अबुधावीका कम्पनीहरुमा फोन प्रयोग गर्न नपाइने

युएई जेठ २,

 युएई अबुधावीका कम्पनीहरुमा अब फोन प्रयोग गर्न नपाइने भएको छ । युएईका कम्पनीहरुले आफ्ना कर्मचारीलाई काममा जानुअघि मोबाइल फोन कार्यकक्षमा लैजान नपाइने बताएको छ । कम्पनीहरुले कर्मचारीहरूलाई आफू कार्यकक्षमा प्रवेश गर्नुअघि आफ्नो मोबाइल स्विच अफ गरेर आफ्नो विभागमा बुझाउन समेत आग्रह गरेको छ । 

सो निर्णय पश्चात् कम्पनीमा काम गर्ने कर्मचारीहरू आक्रोशित हुनुका साथै तनावमा समेत परेका छन् । कर्मचारीहरू आफ्नो मोबाइल फोन आफ्नो सम्पत्ति भएको बताउँदै उक्त फोनलाई आफूसँगै राख्न पाउनुपर्ने बताएका छन् । आफुहरू कुनै नोकर नभएको समेत कर्मचारीहरुले आक्रोश पोखेका छन् । कर्मचारीहरुले आफूहरू अफिसमा काम गर्न नै आउने र यहाँ कुनै समय वर्वाद नगर्ने भन्दै आफुहरूले व्यक्तिगत फोन भने गर्न पाउनुपर्ने माग राखेका छन् । 

 मोबाइल प्रयोग गर्न नदिने उक्त कम्पनीमा करिब ९० जना कर्मचारी रहेका छन् । उनीहरुले कम्पनीको समयभित्र कसैले पनि आफ्नो फोन लिन पाउँदैनन् । उनीहरूलाई खाजा खाने ४० मिनेटको समयमा भने फोन राख्न दिने गरिन्छ । यस्तै, यता कानुन व्यवसायीले पनि यसो गर्नु गैर कानुनी प्रक्रिया भएको बताएका छन् । सुरक्षाका कारणले मात्र कर्मचारीलाई मोबाइल फोन चलाउन नदिने भन्नु गलत भएको उनीहरुको भनाई छ । एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com