अब क्यानाडामा आप्रवासीलाई पनि स्थाई स्तरको तलव

 बैशाख ०२,

गत अप्रिल महिनाको अन्तिम दिन क्यानाडाका आप्रवासी तथा जनसंख्या मन्त्री जेसन केनीले आफ्नो समकक्षी मानव संसाधन मन्त्रि डायने फिन्लेसंग मिलेर संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर क्यानाडा सरकारले Temporary Foreign Workers Program मा संसोधन गरेरो बारे जानकारी गराएका थिये । 

मन्त्री जेसनका अनुसार अब उपरान्त कुनै पनि व्यापारिक संस्थाले विदेशबाट अस्थायी कामदार बोलाउदा पहिला क्यानाडाको श्रम बजारबाट परिपूर्ति गर्ने प्रयास गर्ने र यहाँबाट श्रम परिपूर्ति नभएपछि मात्र बिदेशी कामदारलाई बोलाउने  बिदेशी कामदारलाई पनि क्यानाडाका नागरिकले पाउने सरहको पारिश्रमिक दिनु पर्ने नियम बनाईएको थिए

यस भन्दा अघि नियामानुसार नै क्यानाडाका नागरिक भन्दा १५ प्रतिशत कम दिने प्रचलन रहेको थियो । तर यो नियम कृषिमा काम गर्न आउने अस्थाई कामदारलाई भने लागु हुने छैन  किनभने कृषीमा नियमित रुपमा बिदेशी कामदारहरुको आवस्यकता पर्दै आएको छ र यसका लागि सधैनै बाहिरबाट कामदारहरु आपूर्ति गरिदै आएको छ 

सरकारले यो कदम भर्खर रोयल बैंक अफ क्यानाडाले विदेशबाट सस्तो अस्थाई कामदार बोलाएर आफ्ना स्थाई कामदारलाई निकाल्न खोजेकोबारे पत्रपत्रिकामा प्रकाशित भएपछी सरकारले समेत यसबारे सफाई दिनु परेको थियो

मन्त्रि केनीका अनुसार क्यानाडामा अहिले पनि २०१६ सम्म १.५ मिलियन सीप मुलक काम रहेको छ र सरकारले विदेशबाट कामदारहरु आपूर्ति गर्दै उनीहरुलाई क्षमताका आधारमा यहाँको PR का लागि मौका दिदै जाने कार्यक्रम रहेको जानकारी गराएकाछन 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com