५ वर्षीय बालिका बलात्कृत

 झापा  बैशाख २०,

झापाको बिर्तामोडमा एक ५ वर्षीय बालिका बलात्कृत भएकी छिन् । अनारमनी-१ बिर्तामोडकी जोगी थरकी ५ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपेर सोहि स्थान बस्ने १३ वर्षीय अर्जुन राजवंशीले बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार बालिका बलात्कार गर्ने राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको छ भने बालिकाको स्वास्थ्यका लागी अस्पताल पठाएको छ । जाँचको रिपोर्ट आएपछी थप कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com