नेपाली प्रगतिशील मजदुर मंच युएईले १२४ अन्तराष्ट्रिय मजदुर दिवस भब्यताका साथ शुक्रबार युएईमा कार्यरत मजदुरहरुका माझ अबुधाबीमा सम्पन्न गरेको छ।
ज्ञात अज्ञात सहिदहरु प्रति मैन धारण गरी सुरु गरिएको मई दिबस कार्यक्रमको सभापतित्व प्रगतिशील यातायात मजदुर मंच युएईका अध्यक्ष सुर्य ज्ञवालीले गर्नु भएको थियो भने उपाध्यक्ष बलबहादुर बिक ले स्वागत मन्तब्य राख्न्नु भएको थियो।
हरेक वर्ष संसारभरका श्रमिकहरुले मनाउने अन्तराष्ट्रिय मजदुर दिवस मई १ लाई बिदेशमा छुट्टीको अनुकुलता मिलाउदै मनाईएको थियो। मजदुरहरुको हक-हित र अधिकारको लागी विश्व मजदुर आन्दोलन बारे अबगत गराउदै नेपालमा पनि मजदुर आन्दोलनले मजदुरहरु पुजिबाद संकटबाट पार पाउन छरपटाई रहेको यस परिवेसमा हाम्रो देशको युवा शक्ति सस्तो बैदेशिक रोजगारीमा जान बाध्य छन। यस अबस्थामा अखिल नेपाल ट्रेड युनियन महासंघले सारेको नया अबधारणा "प्रबासी प्रगतिशील श्रमिक मंच" मार्फत बैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेट्दै बिदेशमा आई पर्ने विभन्न किसिमका समस्यालाई समधान गर्ने उदेश्य रहेको कार्यक्रमका माझ जानकारी गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नेपाली जनप्रगतिशील मंच युएईका सस्थापक सदस्य तथा मंचका सल्लाहकार उत्तम अधिकारील गर्नु हुदै,बैदेशिक रोजगारीका लागी युएइमा कार्यरत नेपालीहरुका लागी संगठनले निकै सह्रानिय कार्यहरु गरिरहेको र आउदा दिनहरुमा पनि सबै सित हातेमालो गर्दै समस्या समाधान गर्ने बताउनु हुदै,महिलाहरु माथि निकै ठुला समस्या पर्ने भएको हुदा नेपाली दुताबासमा आवज उठाउदै आईरहेको जनाउनु भयो। उहाले भन्नु भयो,हामी श्रमिकहरुले बुझ्नु पर्ने नेपालमा जबसम्म संबिधान बन्दैन तब सम्म श्रमिकहरुको समस्या निराकण कदापि हुने छैन, त्यसको लागी एनेकपा माओबादिले दुईतिहाई ल्याएर संबिधान बनाई एकलौटी सरकार बनेमा मात्र सम्भब रहेको छ, अहिले हामीले विदेशबाट भोट दिन नपाएता पनि हामी यसको निम्ति आवज उठाई रहेका छौ।
तथापि अहिले यस अबस्थामा हामीले हाम्रो परिवारलाई सहजक बनाई हामीलाई देश फर्कने बाताबरणमा सहयोग गर्न हाम्रो परिवारको अमुल्य भोटको पनि योगदान रहने छ उहाले भन्नु भयो।
बिशेस अतिथिहरुमा रहनु भएका मंचका अध्यक्ष हेमन्त पौडेल ले प्रगतिशील साथीहरु सित हातेमालो गर्दै जादा राम्रो हुने जनाउहुदै बिगतमा मंचले उदारणीय कार्यहरु गरेको र आउदा दिनहरुमा पनि मंचले नेपाली मजदुर माथि आईपर्ने समस्यालाई समाधान गर्न कटिबद्ध रहेको जनाउनु भयो।
कार्यक्रमका अतिथि प्रगतिशील यातायात मजदुर मंच यु.ए.ई. का बरिष्ट सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन प्रबास अन्तर गत ' प्रबासी प्रगतिशील श्रमिक मंच'का प्रतिनिधि शम्भु कुमार वाइबाले प्रबासमा कार्यरत मजदुरहरु एकजुट गराउदै आत्मै देखि मजदुरहरुको समस्या समाधानका निम्ति आफु कार्यरत देशको कानुनि परिधि भित्र रहेर बिभिन्न किसिमका समस्या समाधान गरिरहेको बताउनु हुदै हाल अ.ने.ट्रे.यु.महासंघ ले बैदेशिक रोजगारीमा आउने हामी मजदुरहरुका निम्ति आइपर्ने समस्या साथै दुर्घटनालाई नेपालमा रहेका विभन्न मन्त्रालय तथा बैदेशिक रोजगार प्रबर्धन बोर्ड सम्म पुराउने र समस्या समाधान गर्न सक्दो प्रयास गर्ने अभिप्रयका साथ छिटै नै " प्रबासी प्रगतिशील श्रमिक मंच"ले बिभिन्न देशमा रहेका मजदुर संगठन सित सम्पर्क गरि वर्कटिम बनाउने तयारी गरिरहेको जानकारी गराउनु भएको थियो।
पार्टीले मात्र सबै क्षेत्रलाई हेर्न नभ्याउने भएको हुदा मोर्चा गठन गरिएको जनाउदै कुनै संकोच नराखी आ-आफ्नो क्षेत्रबाट सहयोग गर्दा संगठनलाई साथै पार्टीलाई नै राम्रो हुदै जाने धारणा राख्न्नु भएको थियो। मंच का सल्लाहकार तथा जनप्रतिशील मंच का महासचिब बाबुराम बिक ले विश्व मजदुर दिबस र नेपाली मजदुरको अबस्थाको बारेमा आफ्ना भनाई राख्न्नु भएको थियो।
भब्य रुपमा सम्पन्न गरिएको कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय प्रतिनिधि कुल बहादुर आचार्य साथै मजदुर मंच प्रबक्ता तथा जनप्रगतिशील मंच अबुधाबीका कार्यबाहक अध्यक्ष नेत्र अर्याल यातायात मजदुरहरु को समस्या कति बेला आउछ भन्ने थाहा न-हुने हुदा युएईमा कार्यरत सबारी चालकहरुलाई आबद्द हुन् आग्रह गर्नुहुदै एक ढिक्का भएर जान सुझाब दिनु भएको थियो।
नेपाली जनप्रगतिशील मंचका तर्फबाट पिताम्बर पोखरेल,कृष्ण भाट,भिम श्रेष्ठ,धर्म ढकाल,सुर्य कान्त सोढाई ले युएईमा नेपाली मजदुरहरुका समस्या र समाधानमा संगठनले खेल्नु पर्ने भूमिका साथै संगठन एक ढीक्का भएर जानु पर्ने बारेमा भनाईहरु राख्न्नु भएको थियो। प्रगतिशील महिला मंचको तर्फबाट बिमला भुसालले महिला श्रमिक समस्यको बारेमा आफ्ना भनाई राख्दै मजदुर सम्बन्धि कबिता बचन गर्नु भएको थियो।सहयोग उत्थान मंचको तर्फबाट खड्क गैरे, स्याङ्जा समाजको तर्फबाट ऋषी बराल ले कार्यक्रममा आपना मनतब्य राख्नु भएको थियो।
बक्ताहरुले श्रमजीवि मजदुरहरुको हक,हित र त्याग एब्म बलिदानीको बारेमा विशेष चर्चा गर्दै प्रबासबाट खेल्नु पर्ने भूमिका बारेमा अर्थपूर्ण रहेको मजदुर निकटहरुले बिश्लेसण गरेका छन ।
कार्यक्रम संचालक गर्नु हुदै यातायात मजदुर मंचका उपाध्यक्ष रामकुमार रिजालले मजदुर अनलाइन डटकम को बारेमा जानकारी गराउहुदै सबारी चालक यातायात मजदुरले मिडिया सम्म संचालनमा अग्रस्थानमा रहेको बताउनु भएको थियो। मजदुर दिबसको अबसरमा निरन्तर बैठकहरुमा उपस्थित रही मजदुर समस्या उठाउदै आउनु भएका रतन सारु लाई सम्मान गरिएको थियो।
जनप्रगतिशील मंच अबुदाबीले नेत्र अर्यालको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरि बिस्तार गरेको छ भने नेपाली जनप्रगतिशील मन्चमा प्रबेस हुने नयाँ साथीहरुलाई अध्यक्ष हेमन्त पौडेलले स्वागत गर्नु भएको थियो।
.jpg)