भाईराम चौलागाई : “संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२४
औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि नेपाल कुवेत मजदुर संघ
तथा खाडी न्युज परिवारको सयुक्त आयोजनामा कुवैत सिटी मालिया स्थित
कार्टन टावर होटलमा मे ३ तारिक शुक्रबार भब्यरुपमा सम्पन्न भएको छ ।
नेपाल कुवेत मजदुर संघले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आएको छ. नेपाल कुवेत मजदुर संघका अध्क्षय टेदुप शेर्पाको अध्क्षयतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास कुवैतकी श्रम सहचारी सृजना तिवती रहनुभएको थियो ।

अध्क्षय टेदुप शेर्पा र प्रमुख अतिथि श्रम सहचारी
सृजना तिवती ज्युले संयुक्क्त रुपमा पानसमा दियो बालेर कार्यक्रमको उदघाटन
गर्नुभएको थियो.खाडी न्युजका श्याम पराजुलीले स्वागत मन्तब्य राख्दै
उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य
राख्दै एनसीसी कुवेतका उपाध्यक्ष राजु थापा, महासचिब कल्याण श्रेष्ठ,
माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबका अध्यक्ष धर्मराज गिरी,जन प्रगतिशिल
मन्च कुवेतका अध्यक्ष ठाकुर पौडेल, जनजाग्रितीका अध्यक्ष दिपक क्षेत्री,
नेवा गुठीका नबराज श्रेष्ठ, जन प्रगतिशिल मन्च कुवेतका उपाअध्यक्ष आई
पी भटराई , अन्तराष्ट्रिय कलाकार मन्चका बीवि मल्ल होमनाथ गिरी,नबराज
पराजुली लगाएतले श्रमिक हकहित र अधिकारको बारेमा प्रस्ट परेका थिए ।
कार्यक्रम संमयोजक तथा खाडी न्युजका प्रबन्ध निर्देशक धुर्ब कुमार
संग्रौला (कुमार झापाली) ले मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस
रहेकोले सबैलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिदै पहिलो
चरणको कार्यक्रम अन्त गर्नु भएको थियो । सबैको प्रखाइमा रहेको दोश्रो चरणको खाडी न्युज भाग्यशाली बम्पर
उपहार कार्यक्रम प्रमुख अतिथि ज्युले कुपन र उपहार एकै साथ तानेर सुरु
भएको थियो ।
खाडी न्युज बम्पर उपहारमा प्रथम पुरस्कार मित्सुबिसी
लन्चर 2002 मोडल(सेकेन्ड ह्यान्ड),दोस्रो पुरस्कार सैमसंग ग्यालेक्सीनोट
२ ,तेस्रो पुरस्कार सुन 10 ग्राम ,चौथो पुरस्कार सुन5 ग्राम ,पाचौ पुरस्कार
एलसीडीटीवी '२४' ,छैठौ पुरस्कार कैमरा सान्त्वना पुरस्कार डीवीडी प्लेयर(४
जनालाई) रहेको थियो भने टिकट शुल्क मात्र १० के डी थियो । २ घण्टा भन्दा
बडी समय सम्म प्रमुख अतिथि तथा अतिथि ज्युले भाग्यशाली उपहार खोल्नु
भएको थियो.जसमा निम्न व्यक्तिहरु बम्पर भाग्यशाली उपहारका बिजेता
रहेका छन् ।
प्रथम पुरस्कार गोविन्द न्येपाने (टिकट नम्बर:००३१)मित्सुबिसी लन्चर
2002 मोडल(सेकेन्ड ह्यान्ड)
दोस्रो पुरस्कार शम्भु राई (टिकट नम्बर:००६१) सैमसंग ग्यालेक्सीनोट २
तेस्रो पुरस्कार सुमित्रा देबी पौडेल(टिकट नम्बर:००२२) सुन 10 ग्राम
चौथो पुरस्कार कुल बहादुर तामांग (टिकट नम्बर:०१४५) सुन5 ग्राम
पाचौ पुरस्कार माया गोले (टिकट नम्बर:००९ ) एलसीडीटीवी '२४'
छैठौ पुरस्कार इन्द्र प्रसाद पोखरेल (टिकट नम्बर:०१०७) कैमरा
सान्त्वना पुरस्कार डीवीडी प्लेयर(४ जनालाई)
नबराज काफ्ले (टिकट नम्बर:००२३८) तारा पुन मगर (टिकट नम्बर:००६७)
शम्भु राई (टिकट नम्बर:००५६)
नबराज काफ्ले (टिकट नम्बर:०२४६)
भाईराम चौलागाईको संन्चालनमा सम्पन्न कार्यक्रममा कुवेतमा सक्रिय
नेपाली संघ-सांस्थाका प्रातिनिधि , समाजसेबी बुद्धिजीबी, र सर्बसाधारणको
भब्य उपस्थिति रहेको थियो.