UAE, चितवन समाज युएईको अदिबेशन सम्पन्न अध्यक्षमा श्याम पोखरेल

दुबई जेष्ठ १३,

चितवन समाज युएईले गत शुक्रबार २४ मे बरदुबईको सिन्धी पन्जाब रेस्टुरेन्टमा नव-बर्ष २०७० को क्यालेन्डर प्रकासन सहित साधारण सभाको आयोजना गरी नयांकार्य समितिको घोषणा गर्दै प्रथम अधिवेशन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवन बासीहरुले आपसी भाईचारा बढाउदै सहयोग आदान प्रदान गर्ने मुख्य उदेस्य द्वारा स्थापना गरेको बताईएको थियो। 

समाजको साधारण सदस्य सजिलै सित बन्न सकिने हुदा आफ्ना सदस्यहरुलाई कुनै पनि अप्ठारो अबस्थामा सबैले मिलेर सहयोग गर्ने गरी भाबी कार्ययोजना बारे जानकारी गरिएको थियो। भविष्यमा चितवन जिल्ला भित्र कुनै उत्कृष्ठ सामाजिक काम गरेर देखाउने लक्ष्य सहित समाज भित्र मुख्य प्राथमिकता साधारण सदस्यले नै पाउने हुदा सदस्य बन्न आग्रह गरिएको थियो। कार्यक्रमलाई दुई चरणमा बिभाजित गरि कार्यबाहक अध्यक्ष श्याम पोखेरेल को अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई गणेश न्यौपाने ले स्वागत मन्तब्य राख्ननु भएको थियो भने समाजको आर्थिक आय-ब्याय जगत क्षेत्रीले सुनाउनु भएको थियो। 

बार्षिक कार्यप्रतिबेदन प्रस्तुत सहित प्रविन बिकले प्रथम चरणको कार्यक्रम संचालन गर्नु भएको थियो। रामचन्द्र बस्याल,गणेश न्यौपाने,स्मिता पाण्डे, कृष्ण आचर्य सहित सल्लाहकार निमकान्त पाण्डे लाई समाजले सम्मन गरेको थियो । समाजको ईतिहास र समाजले गर्नु पर्ने बिषयमा मधुसुधन आचार्य ले आफ्नो मन्तब्य राख्नु भएको थियो। चितवन समाजले गरेका र गर्न खोजेका कामहरु प्रति आफुलाई साह्रै मन परेको भन्दै प्रमुख अतिथि तथा नेपाली समाज युऎइका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की ले युएईमा रहेका नेपालीहरुका समस्या समाधान गर्न हातेमालो गर्ने बताउनु भएको थियो। 


अतिथिमा नेपाल बिश्व सहयोग संघ यु.ए.ई शाखाका अध्यक्षमा दिपक राज पौडेल रहनु भएको थियो। कार्यक्रममा समाज सेबी बुद्दिजिबि,पत्रकारहरु साथै युएईमा कार्यरत चितवन बासीको बाक्लो उपस्थिति रहेको थियो। सर्ब सहमतिबाट श्याम पोखरेल अध्यक्षतामा नयां कार्यसमितिका लागि ६ जना निर्वाचित भएका उम्मेदवारहरु मध्ये उपाध्यक्षमा स्मिता पाण्डे र थम प्रसाद सुबेदी,जगत क्षेत्री कोषाध्यक्ष र प्रविन बि क सचिब पदमा सर्बसहमतिबाट निर्बाचित हुनुभएको छ। कार्यक्रम सम्योजक निमकान्त पाण्डे को अध्यक्षतामा दोस्रो चरणको कार्यक्रमलाई आशिष पुरुषले संचालन गर्नु भएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com