परिक्षा दिन जाँदा जाँदै सुत्केरी

ओखलढुङगा जेठ ११,

आज ओखलढुंगामा शिक्षक आयोग प्रावि तहको परिक्षा दिन आएकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । ओखलढुंगा माम्खा ६ की कोपिला राईले बाटोमा आउदै गर्दा आज बिहान बसमै छोरी जन्माएकी हुन् ।

बच्चा जन्माएकी राईले ६ घण्टा पछि ओखलढुंगा सगरमाथा जनता उच्च माविमा परिक्षा दिएकी छिन् । ओखलढुंगा जिल्ला स्तरीय आमा समुह सञ्जालकी अध्यक्ष कान्ति राजभण्डारीले उनको अवस्था सामान्य रहेको जानकारी दिइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com