काठमाण्डौ बैशाख २०,
स्याङ्जाको साखर गाविसकी एक युवतीलाई अपहरण गरी बलात्कार गरिएको छ । दुई ओटा मोटरसाइकलमा आएका चार जनाको समूहले घरनजिकैबाट अपहरण गरी जंगलमा लगी सामूहिक बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बताएकी छन् ।
सामान्य बिरामी १८ वर्षीया ती युवती पाल्पाको रामपुरमा स्वास्थ्य परीक्षण गरी घर फर्कँदै थिइन् । ती यूवाहरु रामपुरको गुप्ता होटलमा आफूले नास्ता खाएदेखि नै पछि लागेको युवतीले बताएकी छिन् ।
युवतीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई रामपुरमा सामान्य उपचार गरी थप उपचारका लागि पाल्पा अस्पताल लगिएको छ । युवाहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै