तनहुँ वैशाख २२,
तनहुँको दक्षिण भेगमा पर्ने भिमाद गाविसकी एक बालिकालाई आफ्नै बाबुले बलात्कार गरेका छन् ।
शनिबार राति आफ्नै घरमा १० वर्षीय छोरीको भिमाद गाविस वडा नं ९ निवासी विक थरका ३४ वर्षीय बाबुले बलात्कार गरेका हुन् ।
छोरीको बलात्कार गरेको आरोपमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा बालिका चिच्याएको सुनेपछि सानीआमाले प्रहरीमा खबर गरेपछि विकलाई पक्राउ गरिएको भीमाद प्रहरी चौकीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै