जापानमा मातृ दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

 भर्जिनिया  बैशाख ३०,

विजय थापा : जापान ,मे १२ ,परदेशमा रहने नेपालीहरुलाई घर परिवारको चिन्ता तथा कामको अधिक चापले रगतको कमि हुन्छ होला भन्ने अनुभूति भै रहेको बेलामा उक्त कुरा मनोबैज्ञानिक भय र गलत धारणा हो भन्दै अब रक्तदान दिन परदेशमा बसोबास गर्ने नेपालीहरुले रक्तदान दिन सुरुवात गरि रहेका छन्  मातृ दिवस(आमाको मुख हेर्ने )को अवसरमा रक्तदान कार्यक्रमको पछिल्लो उदाहरण जापानले देखाएको छ  

प्रवासका बिभिन्न देशमा बसोबास गरि रहनु भएका नेपालिहरुले "हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन नगर्ने?" भन्दै रक्तदान गर्न थालेका छन्  उक्त कुरा मे १२, २०१३मा नेपाल जापान युथ क्लबले टोक्योमा आयोजना गरेको रक्तदान कार्यक्रममा भएको हो। उपरोक्त कार्यक्रम सहित नेपालिहरुबाट रगत दान गरि मानबिय सेवा गर्दै आइ रहेका अब १५ देशहरु भएका छन्। 

ति देशहरु १) यु ए इ २) बिल्जियम ३) अष्ट्रलिया ४) ओमान ५) पोर्चुगल ६) दिल्ली, भारत ७) हंगकंग ८) कतार ९) कुवेत १०) साइप्रस ११) क्यानाडा १२) अमेरिका १३) म्यान्मार १४) मकाउ र १५) जापान हुन्। यस्तो मानबिय सेवाका कार्य बिगत ६ बर्ष यता अमेरिकामा ८७ वटा भै सकेका छन्। आगामी दिनहरुमा मे १९ २०१३मा वेष्ट हार्टफोर्ड, कनेक्टिकट, जुन १५, २०१३मा नर्थ क्यारोलिना, जुलाई ६, २०१३मा रे ब्रूक, न्युयोर्क, जुलाई २०१३मा सिकागो, इल्लुन्विस, सेप्टेम्बर १, २०१३मा स्पार्टनबर्ग, साउथ क्यारोलिनामा हुँदै छ। 

"यसरि प्रवासमा बसेर पनि असाहय बिरामीहरुलाई बचाउन नेपालीहरुले खुल्ला हृदयका साथ् आफ्नो शरीरको अमुल्य रगत दान गरिएको प्रसंसनीय छ।" ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनालीले भनेका छन् l यहि आउदो जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलनमा उनले फेरी रक्तदान गर्ने घोषणा गरेका छन् भने यो समेत लगाएर ११० पटक रक्तदान दिने बिदेशमा बस्ने नेपाल आमाका सुपुत्रमा नाम दर्ता गराउने छन् l उनले अन्य स्थानका नेपालि समुदायलाई पनि यस्तो पुन्य कार्य गर्न आब्वान गर्दै थप जानकारीको लागि http://www.redcrossblood.org/donating-blood/eligibility-requirementsलिंकमा हेर्नलाई भनेका छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com