चेपाङ संरक्षण केन्द्रलाई आवश्यक विभिन्न सामग्री खरिद

 चितवन बैशाख ३१,

चितवन रत्ननगर १३ जयमंगलामा रहेको गामवेसीको चे पाङ संरक्षण केन्द्रलाई सहयोग स्वरुप प्राप्त र कमले आज विभिन्न समाग्री खरिद गरिएको छ । ने पाल पत्रकार महासंघ दोहा कतार शाखाका अध्यक्ष रवि र ोसीले संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि कतारमा संकलन गरेको ४६ हजार रुपैयाको समाग्री खरिद गरिएको हो । 

उल्लेखित रकमवाट संरक्षण केन्द्रलाई आवश्यक इनभटर,झुल,पंखा,सिरानी कुर्ची र गुद्री खरि द गरि नेपाल पत्रकार महासंघ दोहा कतार शाखाका अध्यक्ष रवि रोसीले संरक्षण केन्द्रका अध्यक्ष के पिकिरण शर्मालाई आज हस्तान्तरण गर्नु भएको थियो । चितवन चेपाङ उत्थान सेवा समिति गठन गरि ने पाल वाट गएर कतारमा कार्यरत युवाहरुवाट संकलित र कमवाट संरक्षण केन्द्रलाई आवश्यक सामाग्री खरिद गरी प्रदान गरिएको कतार शाखाका अध्यक्ष रवि रोसीले बताउनु भयो । 

एक महिना अधि संरक्षण केन्द्रमा थप गरिएका २१ जना चेपाङ वालवालिकाका लागि आवश्यक सामाग्र ी खरिख गरिएको संरक्षण केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो । संरक्षण केन्द्रमा मकवानपुरको काँकडा, चितवनको पहाडी गाविस सिद्धि,कोराक,काउले,लो थर र शक्तिखोरका ४६ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com