कास्की बैशाख २१,
अखिल नेपाल पर्यटन मजदुर संघ कास्की जिल्लाको दोश्रो सम्मेलनले
धनबहादुर तामाङको अध्यक्षतामा कास्की जिल्ला समिति गठन गरेको समाचार छ ।
यहि वैशाख १० गतेका दिन भव्यसमारोहवीच एनेकपा माओवादीका बैकल्पिक के
न्द्रीय सदस्य राजकाजी गुरुङले पानसमा बत्ति वालेर सम्मेलनको उद्घाटन
गर्नु भएको थियो । ANTUF/majdooronline.com
सम्मेलनमा विशेष अतिथि तथा अखिल नेपाल पर्यटन
मजदुर संघका केन्द्रीय अध्यक्ष मुक्तिनाथ दास, अखिल नेपाल टेड युनियन
महासंघका केन्द्रीय सदस्य खगेन्द्र काफ्ले, अखिल नेपाल होटल,
क्यासिनो रेष्टुरां मजदुर संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र आचार्य,ंने
पाल ट्रेकिङ संघका प्रतिनिधि, रेबानका प्रतिनिधि तथा होटल नेपाल संघका
प्रतिनिधि लगायतले सम्मेलनको सफलताको शुभकामना मन्तव्य राख्नु
भएको थियो ।
सम्मेलनले
अध्यक्षतामा १५ सदसीय कास्की जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षहरु
मा कृष्णप्रसाद भट्टराई, मोहन राई, सचिवमा काजीमान राई, सहसचिवमा
कृष्णप्रसाद भट्टराई(ख), सदस्यहरुमा शिव राई, के.बी. लामा, के.बी.
एक
जना
पछि
थप्नेगरी
तामाङ, साजन राई, रवि गौतम, खेम सुवेदी, कृष्ण पौडेल, खेमप्रसाद सुवेदी र
राजन मोक्तानलाई चयन गरेको छ ।
कार्यक्रमको अन्तमा ट्रेकिङ मजदुर हरि पराजुलीको श्रीमतीको उपचारको
लागि कास्की जिल्ला समितिले संकलन गरेको आर्थिक सहयोग रकम रु. पांच
हजार अध्यक्ष मुक्तिनाथ दासले हरि पराजुलीलाई हस्तान्तरण गर्नु भएको
थियो ।
सम्मेलनले प्रकाश ढुंगाना, पासाङ सेर्पा, कृष्ण श्रेष्ठ र इन्द्र
कार्कीलाई सल्लाहकारहरुमा चयन गरेको छ । सम्मेलनमा ट्रेकिङ मजदुर
संघका केन्द्रीय सचिव उपेन्द्र उप्रेतीको पनि उपस्थिति रहेको थियो ।