काठमान्डू बैशाख २९,
नायिका सुष्मा कार्की बेला-बेलामा व्यक्तिगत कारणले पनि चर्चामा आउँछिन्। यतिबेला उनी दोस्रो प्रेम सम्बन्ध टुक्रिएपछि समाचार बनेकी छिन्। विगतमा निर्देश्ाक सुदर्शन थापाकी प्रेमिका रहिसकेकी सुष्मा पछिल्लो एक वर्षदेखि नीरन शाहीसँग लिभिङ टुगेटरको सम्बन्धमा थिइन्।
उनीहरूले विवाह नै गर्ने अनुमान गरिएको थियो तर अहिले आएर सुष्माले निरनसँग विवाह नगर्ने मनस्थिति बनाउँदै यो सम्बन्ध टुक्रिएको घोषणा गरेकी छिन्। यतिबेला उनी निरनको साथबाट मुक्त भएर आफ्नी आमासँग फर्किएकी छिन्। 'उसँगको सम्बन्ध अघि बढ्ला जस्ता नलागेकाले म अलग्गिएकी हुँ, सुष्माले भनेकी छिन्— 'म यतिबेला आफ्नै आमासँग छु।'
अनुप्रस्थ ब्यान्डका गिटारिस्ट निरनबाट टाढिए लगत्तै सुष्मालाई उनको फेसबुक एकाउन्टले तनाव दिएको छ। सुष्माको फेसबुक निरनले चलाइरहेको बताइन्छ। दुवै जना अलग भएको एक दिनपछि नै निरनले 'लभ यू फरएभर' भन्दै केही तस्बिर सार्वजनिक गरेपछि सुष्मा चिन्तित बनेकी हुन्।
सुष्मा भन्छिन्- 'मैले पूर्ण विश्वासका साथ उसलाई फेसबुकको पासवर्ड दिएकी थिएँ तर अब सँगै बस्न नसक्ने बताएपछि उसले मेरो फेसबुकको पासवर्ड नै चेन्ज गरेर चलाइरहेको छ र मलाई जानकारी नै नदिई हाम्रा व्यक्तिगत तस्बिरहरू अपलोड गरिरहेको छ।'