विजय थापा : अमेरिका ,अप्रिल १८ ,म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy )को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गर्यो ।
यो योजनाको मुख्य उदेश्य नै व्यक्ति तथा संस्था प्रति पक्षपात गरि कलम चलाउने पद्दतिलाई न्युनतम गर्ने रहेको छ ।
उक्त अमेरिकन संस्थाको मूल उदेश्य नेपालमा आफ्नो कार्य विस्तार गर्ने र दूइ चरण गरि गैर पक्षपात (Non Partisan) संचार कर्मीलाई तालिम उपलब्ध गराउनु रहेको छ भन्दै संस्थाकी नेपाल हेर्ने प्रमुख रेजिनाले जानकारी गराएकी थिईन । कार्यक्रममा वाशिंगटन डिसी महानगर क्षेत्रका व्यक्तित्वहरुलाई निमंत्रना गर्नुको साथै अमेरिकन कुटनैतिकहरुको पनि उपस्थिति रहेको थियो । मूल त नेपालका गैर पक्षपाती संचारकर्मीलाई तालिम उपलब्ध गराउने उदेश्य रहेको हुनाले उक्त कार्यक्रमको लागि आर्थिक संकलन पनि जुटाईएको थियो ।
बहुमार्ग कुटनैतिक संस्थाको नामै अनुसार बिभिन्न क्षेत्रमा काम गर्दै आएको जानकारी यस्का सह संस्थापक अमेरिकन राजूद्त जन डब्लु म्याक डोनाल्ड (सेवानिवृत्त )ले जानकरी दिए भने उनि करिब ४० बर्ष अमेरिकन सरकारको सेवा गरेको जसमा २० बर्ष मुलुक भित्र र २० बर्ष मुलुक बाहिर बसेको जानकारी दिएका थिए ।
उनि हाल ९१ बर्ष पुगेका छन् । शान्ति प्रक्रिया र नेपालको जन युद्धमा शान्ति स्थापना र यसको पहल गर्न आफु नेपाल गएको र थुप्रै वर्गहरुसंग भेटेको स्मरणहरु सुनाएका थिए । राजदूत म्याकडोनाल्डको मूल मन्त्र नै समाजको कुनै पनि तहमा रहेका द्वन्दको समाधान नै आमने सामने बसी त्यस बिषयमा छलफल गर्नु रहेको छ ' ।
उनि हाल ९१ बर्ष पुगेका छन् । शान्ति प्रक्रिया र नेपालको जन युद्धमा शान्ति स्थापना र यसको पहल गर्न आफु नेपाल गएको र थुप्रै वर्गहरुसंग भेटेको स्मरणहरु सुनाएका थिए । राजदूत म्याकडोनाल्डको मूल मन्त्र नै समाजको कुनै पनि तहमा रहेका द्वन्दको समाधान नै आमने सामने बसी त्यस बिषयमा छलफल गर्नु रहेको छ ' ।
उक्त अवसरमा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले संचारकर्मीहरुलाई तालिमको व्यवस्था गर्ने कुराले आफुलाई गर्व लागेको भन्नु भयो । मन्तब्य ब्यक्त गर्दै नेपालका बिषयमा अमेरिकन राजदूत म्याक डोनाल्डको भूमिकाको प्रसंशा पनि गर्दै नेपालको शान्ति प्रक्रिया सत प्रतिसत पूर्ण भएको र बिद्रोहीहरु नै राजनैतिक मूलधारमा आई सकेको जानकारी गराउनु भएको थियो lनेपालको बारेमा बिभिन्न बिषयमा जानकारी गराउदै नेपालमा हाल कल कारखानामा जन शक्तिको अभाव देखिएको छ र जन शक्ति छिमेकि राष्ट्र भारतबाट परिपूर्ति गर्नु परेको जानकारी दिनु भएको थियो ।
कार्यक्रम संचालिका रेजिनाले नेपालका बनोद चौधरी विश्वकै अरबपतिको सुचिमा परेको प्रसंग उल्लेख गर्दै नेपाली समुदायलाई बधाई दिएकी थिइन् भने केहि प्रश्न उत्तरको कार्यक्रम पनि राखिएको थियो। यो काम को लागि धेरै आर्थिक संकलन गनु पर्ने हुनाले जति रकम छिटो संकलन हुन्छ त्यति नै छिटो यो परियोजना नेपाल जाने जानकारी गरिएको थियो । कार्यक्रमको अन्त्यमा अमेरिका नेपाल सुन्दरी आस्था श्रेष्ठले एउटा अंग्रेजी गीत र एउटा नेपाली गीत गाएकी थिइन् । उक्त कार्यक्रममा समाजसेवी तथा ब्यबसायी लोक नाथ तिवारीले अमेरिकन राजूद्त जन डब्लु म्याक डोनाल्ड तथा महामहिम राजदूत डा शंकर प्रसाद शर्मालाई पुष्प गुच्छा तथा खादा लगाई स्वागत गर्नु भएको थियो ।
====== Video........
====== Video........