अमेरिकाको बोष्टनमा नेपाली नया बर्ष कार्यक्रम “ बैसाखी साँझ” सम्पन्न


अमेरिका बोष्टन बैशाख ७,

❖ कार्यक्रममा नेपाली बालबालिका को ऊपस्थिति ऊल्लेख्य । स्टेज प्रस्तुति पनि बालबालिका कै अधिक ।
❖ बोष्टन म्याराथुनमा भएको बम बिष्फोट प्रति गहिरो दु:ख ब्यक्त । एक मिनेट मौनधारणा ।
❖  बैसाखी साँझ नेपाली गित सँगित, भेषभुषा,र नेपाली परिकारले भरिपुर्ण ।
❖  अमेरिकाको बिभिन्न राज्यबाट नेपाली हरुको सहभागिता ।
❖ अमेरिकाका स्टेट सिनेटरबाट  नेपालीको ऊन्नति र प्रगतिको कामना
❖  नेपाली भएर उदाहरणिय काम गर्ने , सँस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्ती ब्यक्तित्व सम्मानित । 

यम पौडेल : अमेरिकाको बोष्टनमा नेपालीहरुको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी जिबिएनसी व्दारा आयोजित नेपाली नया बर्ष कार्यक्रम “बैसाखी साझ” हिजो क्याम्ब्रिज सिटी मा सम्पन्न भयो । निकै ऊत्साहका साथ तयारीमा जुटेका नेपालीहरु अपरान्ह बोष्टन म्याराथुनमा भएको डरलाग्दो बम बिष्फोटको घटनाले  एकाएक चिन्तित हुन पुगे, कार्यक्रम गर्ने कि नगर्ने भन्ने चिन्ता नेपाली कम्युनिटीमा देखा परयो । 

बोष्टन घटनाले सबैलाई दु:खी बनाएको अबस्थामा कार्यक्रम हल का फादरसगको कुराकानी, क्याम्ब्रिज पोलिस सगको सम्पर्क र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जर समेतको सल्लाहामा अध्यक्ष मिलन गुरुङले कार्यक्रम अगाडी बढाऊने निर्णय गरेका थिए, सबै तयारी पुरा भइसकेको अवस्थामा अन्ततोगत्वा यहीनै बुद्दीमानी ठहरियो । कार्यक्रम सँचालनको मेसेजले नेपाली हरु हल भरिने गरि सहभागी भए करिब ५०० को सँख्यामा नेपाली हरु कार्यक्रममा देखिए ।

जिबिएनसीका अध्यक्ष मिलन गुरुङको सभापतित्व रहेको बैसाखी साझमा बोष्टन बम बिष्पोटमा ज्यान गुमाऊने प्रति शुरुमै श्रद्दा सुमन अर्पण गर्दै १ मिनेट मौन धारण गरियो । साथै घाईते को शिघ्र स्वास्थलाभ को कामना गरिएको थियो ।  प्रमुख अतिथि विल ब्राऊनस्बर्जरले बोष्टनको घटना साह्रै दु:खद भएता पनि थुप्रै बालबालिका जम्मा भइसकेको नेपाली कार्यक्रम सुचारु गर्न सल्लाह दिदै नेपालीको ऊन्नती र प्रगतिको कामना गरेका थिए । 

शुरुमा यम पौडेलको शुभकामना कविता बाट ध्यानाकर्षण र सँस्थाकी महासचिव देवी ओली तथा सचिव अर्जुन कुवर बाट थालनि गरिएको कार्यक्रममा बोष्टन लोक सुसेली समुहका कलाकार समेतबाट राष्ट्रीय गित प्रस्तुत गरिएको थियो । अध्यक्ष मिलन गुरुङ बाट स्वागत मन्तब्य ,बरिष्ठ ऊपाध्यक्ष राम थापा बाट भोट अफ थ्याङ्क्स र नेपालमा धेरै समय काम गरेका एडवार्ड ब्रान्सनको मन्तब्य मात्र कार्यक्रममा समाबेश रहेँ । यसपटक नेपाली गित सँगित र नृत्यलाई नै बढी समय दिइयो । श्री धन कुमार गुरुङको नेतृत्वमा तयार गरिएको नेपाली खानाका परिकारले ले सबैको मन जितेको थियो ।

नविन बस्नेत तथा एलिसा थापा बाट सँचालित कार्यक्रममा अतिथी कलाकार जगदिश समाल को बिशेष प्रस्तुती रहेको थियो भने अन्य गायक कलाकार हरुमा हरिमाया खतिवडा,प्रबिन परियार,बासु थापा, महेश्वर पन्त, प्रबिन थापा,निलम खतिवडा ले बिभिन्न रमाईला रमाइला नेपाली गित  प्रस्तुत गरेका थिए। तवलावादक सागर खतिवडा को साथमा भुटानी कलाकार मणी लामीछानेको नेपाली गितले धेरैको मन छोयो ।

त्यसैगरी कुशल कोरियोग्राफर ऊत्सव गुरुङ तथा कलाकार देवी ओली व्दारा निर्देशित बिबिध रमाईला नृत्यसगै नेपालीहरु रमेका थिए । आ-आफ्नो ऊत्कृष्ट नृत्यसगै कलाकारहरु बृति प्रजापति, कृपा पौडेल, शुभाश्री धिताल ,प्रनिता वन्त, शिवानी शेरचन, सरस्वति गुरुङ, पुष्पा गुरुङ, ओसिन घिमिरे, सिम्रन रेग्मी, इरिका पुन, दिपा थापा, निशा गुरुङ, भेनेसा राइ, अल्फा लामा, प्रमिता गुरुङ, सम्रिना लामिछाने, सँबृद्दि सुबेदी, समेत कहिले एकल,कहि युगल तथा कहि सामुहिक नृत्य लिएर स्टेजमा देखा परेँका थिए। प्रबिन अधिकारीको एकल रमाईलो डान्स र नृत्यँङगना ललिता शर्मा र सुष्मा अधिकारी का छुट्टाछुट्टै नृत्यले त्यतिकै रौनकता थपेको थियो । सँस्थाका पुर्ब अध्यक्ष ध्रुव घिमिरे ले साना भाईबैनि को सहयोगमा ले राफल चिट्ठा खोल्दा मदन मैनाली,समिप ढकाल र बिजेता श्रेष्ठ क्रमस प्रथम व्दितिय र तृतिय पुरस्कारको बिजेता बनेका थिए ।

कार्यक्रममा नेपाली भयर उदाहरणिय काम गर्ने बिभिन्न ब्यक्ती ब्यक्तित्वलाई सम्मान पत्र प्रदान गरियो । त्यसरी सम्मानित हुने हरुमा नेपाली बालबालिका लाई नेपाली भाषा पढाऊने बिमला थापा,बोष्टनमा नेपाली सँस्कृति र कर्मकाण्डलाई अगाडी बढाऊने पण्डित महेश सुबेदी, जिबिएनसी लाई लगातार  मिटिङ हल समेतका कुरामा सहयोग पुराऊने मसाला रेष्टुरेण्ट, नेपालमा लामो समय पिस्कोर भोलन्टियर मा सेबा गरेका अमेरिकी एडवार्ड ब्रान्सन, बोष्टन म्याराथुनमा भाग लिई सकुशल म्याराथुन पार गर्ने स्वरुपा खडका, जिबिएनसीलाई सहयोग गर्ने नविना गुरुङ, शिव श्रेष्ठ तथा अन्जु श्रेष्ठ,आदी रहेका छन । 

कार्यक्रम लाई साथ दिने सबै कलाकारलाई सर्टिफिकेट अफ एप्रिसियशन दिइएको थियो भने सौजन्य सहयोग गर्ने हिमालयन बोष्ट्रो,जेन ट्राभल्स, न्युयोर्क लाईफ इन्सुरेन्स,रिटायर्डमेण्ट लाईफ इन्सुरेन्स लाई सौजन्य सम्मान प्रदान गरियो । नेपाल बाट ब्यानर ल्याऊनमा सहयोग गर्ने नव आगन्तुक कुमार कार्की लगाएत  कार्यक्रमको लागी दिलो ज्यानले लागी परेका सँस्थाका वनोनरी मेम्बर धन कुमार गुरुङ,सल्लाहकार बिष्णु कार्की, पुर्व अध्यक्ष ऊत्सव गुरुङ  सुर्य थापा, महासचिव देवी ओली, सदस्य मिलन थापा पौडेल, रँजन थापा, दिनेश पाण्डे,अखण्ड श्रेष्ठ,दिनेश पुडासैनी, चिरञ्जिवी आचार्य, डि जे हेम, जाल प्रसाद घिमिरे, समेत का महानुभाव हरु लाई समेत धन्यवाद तथा एप्रिसिएशन सर्टिफिकेट प्रदान गरियो ।

कार्यक्रमको अन्तिममा डिजे हेमको डिजेले सबैलाई नचाएको थियो ।बैसाखी साँझमा एन आर एन, आइ सि सि मेम्बर भुवानी गुरुङ, पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य,एन डब्लुजिएन अमेरिका कि अध्यक्ष रुक्मणी कार्की, न्यु ह्याम्पसायर नेपाली कम्युनिटीका नवनिर्वाचित अध्यक्ष रविन थापा,भुटानी नेपाली कम्युनिटीका अध्यक्ष राकेश काफ्ले , ईम्पावर वोमेन अफ नेपाल कि सँस्थापक बिष्णुमाया परियार,युनाइटेड किरात राई एसोसिएसन का अध्यक्ष बिष्णु राई,लगायत अन्य बिभिन्न नेपाली सँघ सँस्थाको  प्रतिनिधित्व रहेको थियो । अन्य राज्यबाट समेत ऊल्लेख्य नेपाली आएका थिए ।

कार्यक्रमको लागी सँस्थाका सल्लाहकारहरु बिष्णु देऊराली, सुन्दर गुरुङ, बिरोचन नेपाल, ऊपाध्यक्ष बिष्णुमणी आचार्य समेतका पदाधिकारीहरु कार्यक्रमको अन्तिम सम्म खटेका थिए । त्यस दिनको घटनाले गर्दा केही पदाधिकारी नदेखिएका भएपनी कार्यक्रम नसकुञ्जेल दौडधुप गरिरहने अन्य पदाधिकारीमा अच्युत अधिकारी, पुष्प श्रेष्ठ, सुनिल नेपाली, किरण खडका, नवराज कोइराला,शिव मिश्र,माधव दाहाल,आङ दावा शेर्पा,मिलन कार्की, शम्भु अधिकारी समेतको भुमिका सह्राहनिय थियो । पद भन्दा बाहिर रहेर पनि कार्यक्रमको लागी सहयोग पुराऊने सबै नेपाली दिदी बैनी तथा दाजुभाई प्रति सँस्थाले हार्दिक आभार ब्यक्त गरेको छ ।

यसरी सम्पन्न बैसाखी साँझले अमेरिकामा नेपाली पहिचान र एकतालाई एक कदम  अगाडि बढाएको छ । नेपालीको ईज्वतसग जोडिएको यस नया बर्ष कार्यक्रमको  हिसाब किताब भने यथाशिघ्र सार्वजनिक गरिने सँस्थाका कोषाध्यक्ष भक्त गुरुङ व्दारा जनाईएको छ ।
धन्यवाद
फोटो : साझा डट कम \ वाईएमकेनेपाल डट कम

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com