तेलअभिव चैत्र ३,
सबिना खड्का : गत अप्रिल १३ तारिक २०१३ शनिबार अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाले तेलभिबको ,नेविसनान इस्थित काठमाडौँ क्याफेमा शुभकामना आदान प्रदान साथै सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो ।
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलका अध्यक्ष ओम प्रसाद प्रसाई ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इज़रायाल्का लागि नेपालि राजदुत महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई ज्यु प्रमुख अथिति रहनु भएको थियो साथै इजरायलमा रहेका विभिन्न संघ-सस्थाका प्रतिनिधि, मेडियाकर्मी र इजरायलमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि तथा सभापति ओम प्रसाद प्रसाईबाट संयुक्त रुपमा पानसमा दिप प्रज्वलन सगै राष्ट्रिय गानको सुमधुर धुनको साथमा शुरुवात गरिएको थियो दुई चरणमा बिभाजित कार्यक्रममा सस्थाका उपाध्यक्ष धर्म भण्डारी ज्युले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने महासचिव निरज प्याकुरेल ज्युले सस्थाको केन्द्र अमेरिकामा रहेको र यस सस्थामा कुनै पनि देशका कलाकारहरुले आफ्नो कला देखाउन सक्ने हुदाँ सबैलाई जानकारी गराउदै आह्वान गर्नु भएको थियो । यस्तै शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि प्रल्हाद कुमार प्रसाई ज्युले हालै पुर्नगठित संस्थाको यस कार्यक्रमले सबैलाई एक सुत्रमा बाध्न सफल हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण इजरायलवासी नेपालीहरुमा सु-स्वस्थ्य एवम् प्रगतिको कामना गर्नुभएको थियो।
शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रममा सस्थाको परिचय गरायिएको थियो ओम प्रसाद प्रसाईको अध्यक्षतामा पुनर्गठन गरिएको संस्थाको प्रथम उपाध्यक्षमा सवी पाठक, दितिय उपाध्यक्षमा धर्म भण्डारी, महासचिवमा निरज प्याकुरेल, सचिवमा सविना खड्का, कोषाध्यक्षमा सुनिता पाख्रिन त्यस्तै कार्यसमितिको सदस्यहरुमा असफल थापा, रियाज शिवाकोटी, उर्मिला लामा पाख्रिन, रामचन्द्र योञ्जन, माया तामाङ, सम्झना गिरी, मिना वान्तवा, प्रज्ञा पाख्रिन, कल्पना तामाङ, पेमा लामा, हेमा लामा रहेका छन् र साधारण सदस्यहरुमा हजुरी शाह कँडेल, हेमा सिटौला. राज्यवती त्रिपाठी, भिम गिरी, हेमा उप्रेती, पञ्च शेर्पा, सरु राई, चन्द्रा केसी श्रीराम अधिकारी, यासिन राई (सुनिता), निरु लामा, कमल पोख्रेल, रश्मी केसी र मिङडोमा शेर्पा रहेका छन् ।
तेस्तै मानार्थ सदस्यमा नेहा गुरुङ र सुर्य सिम्खडा र सल्लाहकारहरुमा कविता शर्मा,खगेन्द्र सुबेदी,दीपेन्द्र थापा,बिजय बिस्ट रहेको सोहि कार्यक्रममा जानकारी गराईएको थियो| कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति ओम प्रसाद प्रसाईले उपस्थित सम्पूर्णलाई नयाँ बर्षको शुभकामना बेक्त गर्नुभएको थियो नेपाल सिन्दुपाल्चोक ठुलो पाखर निबासी रेशम बहादुर बि.कको दुवै किड्नी फेल भएको करण उहालाई सहयोग गर्न सस्थाकी कोषाध्यक्ष सुनिता पाख्रिनको पहलमा उपस्थित सम्पूर्ण बाट उठेको रकम ६४७०० नेपाली । सहयोगको लागि नेपाल पठाएको जानकारी दिनु भयो ।
मनोरञ्जनात्मक कार्यक्रम अन्तरर्गत इजरायलबासी कलाकारहरुले आफ्नो कला प्रस्तूत गर्दै उपस्थित दर्सकलाई मनोरञ्जन दिएका थिए । न्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी सचिव सविना खड्काको उद्घोषण रहेको पहिलो चरणको उक्त कार्यक्रममा कार्यक्रमको दौरान उद्घोषकको कविता वाचन लगायतका रोचक प्रसंगहरुको प्रस्तूतीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । इस्थानिय कलाकार पेमा लामा ,धर्म भन्डारी ,सबी पाठक ,उर्मिला पाख्रिन , हेमा गुरुङ , ओम प्रसाद प्रसाई ,सम्झना गिरी, निरज प्याकुरेल ,निरू लामा , रस्मि केसी ,सविना खड्का ,रियाज सिवाकोटी, माया तामाङ ,असफल थापा ,मिङ्डोमा शेर्पा ,मिना वान्तवा, राज्यवती त्रिपाठी र सुनिता पाख्रिन हरुको प्रस्तुतिले भरपुर मनोरंजन गराएको थियो ।
भने चारैतिर हास्दै मनोरंजन गर्दै दर्सकहरु नयां बर्सलाई स्वागत गरिरहेको देखिन्थ्यो। उक्त कारेक्रममा बिशेस टेवा पुराउनु हुने सस्थापक मानार्थ सदस्य नेहा गुरुङ,मिडिया पाटनर नेपाल इजरायल डट नेट,निउज डायरी, बिपिन तामांग डी.जे,सुर्य बस्याल,. हमतुम लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौ भनि दोस्रो चरणकि कार्येक्रम संचालिका उर्मिला पाख्रिन ज्युले जनाउनु भएको थियो| करिब ४ घण्टा इस्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो| अन्तमा यस सस्थाले आगामी दिनहरुमा अझै विस्तार गर्दै लाने र उपस्थिति दर्सकबाट उठेको रकम नेपाली ६४७०० नेपालमा किड्नी पिडित रेसम बहादुर बि.क (जय राम)लाई पठाउने जानकारीका साथ सहयोगी मनहरुलाई सस्थाले धन्यवाद दिदै कार्यर्क्रम समाप्त गरिएको थियो ।