गजल By, मानन्धर अभागी



आफ्नो परिवार फूट्दा , कस्तो लाग्छ होला
एउटी नारी लुट्दा , कस्तो लाग्छ होला

के विराम थियो र , कसैमाथि अन्याय गर्दै
अवला माथि उठ्दा , कस्तो लाग्छ होला

सँधैसँधै निरीह माथि , हरेक रात लोग्नेले
धान चुटेझैं चुट्दा , कस्तो लाग्छ होला

बिग्रेको आफ्नो छोरो , सम्झाउनु त कताकता
उल्टै परिवार जुट्दा , कस्तो लाग्छ होला

प्रश्न चिन्ह उठ्छ होला , यदि तपाईँका सन्तान
ढल – नालीमा सुत्दा , कस्तो लाग्छ होला ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com