नाम तिम्रै जप्ने गर्छु ब्यानी लाली उदाउँदा
सपनीमा पर्खी बस्छु त्यहि घाम अस्ताउँदा
मन्को वरिपरि सधैं तिम्लाई पाएझै लाग्छ
ह्रदयमा खुसिका मीठा उमंग छाएझै लाग्छ
तिम्रै बारेमा सम्झेर एकान्त मा रमाउँदा
नाम तिम्रै जप्ने गर्छु ब्यानी लाली उदाउँदा
रहन सक्दिन तिम्रो कल्पना बिना एकैछिन
हर रात तिम्रै सपना सम्झना हुन्छ हरदिन
पल पल तिम्रै न्यानो भावनामा हराउँदा
नाम तिम्रै जप्ने गर्छु ब्यानी लाली उदाउँदा
नाम तिम्रै जप्ने गर्छु ब्यानी लाली उदाउँदा
सपनीमा पर्खी बस्छु त्यहि घाम अस्ताउँदा
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग