डिना अब नायिका

काठमान्डू बैशाख ८,

माइतीघरका निर्देशक बीएस थापाकी नातिनी डिना हसन गायिका देविका प्रधानको  ड्रिम प्रोजेक्ट गीत 'साँच्चिकै कि ख्यालख्यालमा' को भिज्युयलमा मोडलिङ गरेर मुम्बई फर्किएकी छिन् ।

हिन्दी चलचित्र 'अपना सपना मनी मनी'मा बालकलाकारका रूपमा सफलतापूर्वक डेब्यु गरेपछि अनेकौं हिन्दी टेलिशृंखलामा समेत काम गरिसकेेकी डिना अब मुम्बईमा नायिकाका रूपमा काम सुरु गर्दैछिन् । डिनाको लक्ष्य नेपाली चलचित्रमा पनि काम गर्नेे छ ।

मुम्बईका प्रख्यात नृत्य गुरु सावत दावतकी चेली डिना शास्त्रिय, पश्चिमी तथा साल्साकी उत्कृष्ट नृत्यांगना मानिन्छिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com