भन्छन् सबै यो संसार अडेछ मायामा
तर यहाँ मेरो छाती डढेछ मायामा
हुनु पर्थ्यो पूजा यहाँ अमर प्रेमको
तर आज औँला किन ठडेछ मायामा
फूल्नु पर्थ्यो सुनाखरी मायाको बारीमा
तर यहाँ कोपिला नै सडेछ मायामा
निको हुन्छ भन्थे पिढा मायाले सेकेर
तर आज मन्को पिढा बढेछ मायामा
आया आथा पोल्यो बाबा सहनै नसक्ने
मुटु भित्र तिखो वाण गढेछ मायामा
भन्छन् सबै यो संसार अडेछ मायामा
तर मेरो छाती यहाँ डढेछ मायामा
सोम कृष्ण श्रेष्ठ
भि न पा २, दोलखा