डिसीमा खरेल संग अन्तरक्रिया



भर्जिनिया अमेरिका चैत्र २३,


विजय थापा : अमेरिका ,अप्रिल ३ ,२०१३ का दिन वाशिंगटन डिसी महानगर क्षेत्र अन्तर्गत म्यारिल्याण्ड राज्यको सिल्बर स्प्रिंग स्थित नेपाली समुदायको प्रख्यात चमेनागृह घर ए कवाबमा अमेरिकाको निजि भ्रमणमा रहनु भएका राष्ट्रका एक सच्चा तथा ईमान्दार राष्ट्र सेवक वरिस्ठ प्रहरी उपरीक्षक ,रमेश खरेल संग डिसीवासीले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । 

अमेरिकाको हवाईमा सी एस आर टि तालिमको शिलशिलामा अमेरिका आई पुग्नु भएका खरेल तालिम समाप्त पश्च्यात केहि राज्यहरुको निजि भ्रमणमा रहनु भएका अवसरमा डिसी बासीको निमंत्रनालाई स्वीकार गर्दै अन्तरक्रियात्मक ,सत्कार तथा र कार्यक्रममा सहभागी हुनु भएको थियो । डिसी महानगर बासीहरुको तर्फ बाट उहाले गरेको उल्लेखनीय र प्रशंसनीय कार्यको उच्च मुल्यांकन गर्दै खरेल लाई भब्य स्वागत वाशिंगटन डिसी दूताबासका उप नियोग प्रमुख ,तथा कार्यक्रमका प्रमुख अतिथि अर्जुन कान्त मैनालीले खादा ओढाउनु भै सम्मान गर्नु भएको थियो भने डिसी बासीका तर्फबाट लोकनाथ तिवारी तथा किरण सिटौलाले ओढाई सम्मान गर्नु भएको थियो ।


अतिथि खरेलको बारेमा छोटकरीमा डिसी बासीको तर्फबाट किरण सिटौलाले उपस्थित सबैलाई जानकरी गराएका थिए । कार्यक्रम औपचारिक नभई अनौपचारिकमा संचालन गरिदै बिसेष अतिथिले मन्तब्य व्यक्त गर्दै डिसी बासीले अवसर दिएकोमा कृतज्ञता ज्ञापन गर्दै आफुले कुनै नौलो काम नगरेको बिरालोले मुसा मार्ने उदाहरण दिदै आफुले अपराधिक क्रियाकलावमा संलग्न अपराधी ,गुन्डागर्दी ,तस्कर आदि ईत्यादीको लागि आफुले सिर्फ कानुनको दयारा भित्र रही कदम चालेको भन्दै आफुलाई दिएको जिम्मबारलाई ईमान्दारिताको साथ पालना गरेको हु । 

यहि मेरो धर्म हो र नेपाल प्रहरीमा प्रवेस संगै खाएको सपथ अनुसार आफु सो मार्गमा हिडेको भनि अभिव्यक्ति दिएका थिए । कार्यक्रममा प्रश्नको उत्तर दिदै सेतो तस्करले मुलकमा ठुलो जालो फिजाएको र त्यसलाई तोड्न निक्कै समय लाग्ने भन्दै हालसालै कपाल लामालाई समातेको बिषयमा प्रश्न राख्दा त्यसमा हाम्रा कमजोरी छ भनि डिसी बासीलाई उत्तर दिएका थिए भने बिदेशमा बस्ने सबै नेपालीहरुलाई नेपाल हामी सबैको हो र यहाँहरु पनि देश बिकासको लागि फर्कनु पर्छ भन्दै आग्रह गर्नु भएको थियो lसबै सवालको जवाफ अत्यन्तै बुद्धिमतापुर्वक दिई सबैको चित्त बुझाएका थिए ।


उक्त कार्यक्रममा नेपाल बाट सयुक्त राष्ट्र संग को गोष्ठीमा भाग लिन आउनु भएकी महिला दलित संगठनकि संस्थापक अधक्ष्य महिला समाजसेवी तथा अधिकारकर्मी दुर्गा सबलाइ पनि सम्मान गरिएको थियो भने वहाले जीवनभर दलित महिला ,महिला सम्बन्धि कुनै पनि प्रकारको विभेद आदिमा वकालत गरि यहि शिल शिलामा बिभिन्न राष्ट्रमा सहभागी भएको जानकारी गराएकी थिइन् भने अतिथि खरेलको बारेमा पनि सकारात्मक चर्चा तथा परिचर्चा गरेकी थिईन ।

अतिथि खरेल संग निकै गहकिला ,स्तरीय ,समसामयिक जिज्ञासा राख्नेहरुमा क्रमस प्रकाश नेपाल,) अ ने स स ,डिसी अधक्ष्य )ठाकुर पुडासैनी (अधक्ष्य ए एन एस )किरण सिटौला ,बिनोद गुप्ता,राम खरेल ,सीता पाण्डे ,होमनाथ सुबेदी (अ ने सा स का संस्थापक सभापति ),रामचन्द्र भट्टराई ,प्रेम संग्रौला ,विजय श्रेष्ठ (बानाका अधक्ष्य ) ,गोविन्द गिरि प्रेरणा ,कृष्ण सब तथा लोकनाथ तिवारी रहनु भएको थियो । 


 प्रमुख अतिथि ,डिसी दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले आयोजक लाई धन्यबाद दिदै हर्ष व्यक्त गर्दै खरेलको बारेमा छोटो प्रसंशा गर्नु बएको थियो lधन्यबाद ज्ञापन डिसी बासीको तर्फबाट चमेना गृहका संचालक लोकनाथ तिवारीले प्रश्न उत्तरमा उठेको सवालमा खरेल जस्ता धेरै राष्ट्र सेवक नेपाल आमाले जन्माउनु पर्छ भन्ने प्रश्नलाई चन्द्रमा एउटाले पनि उज्यालो दिन सक्छ भन्दै खरेल एक्लैले यो अभियान हाक्छ भने पूर्ण विश्वास गर्दै सबैलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रम संचालन विजय थापाले गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com