हत्केलाले सुर्य छेकी रहेछु
तै पनि उज्यालो देखी रहेछु |
मन भरी छचल्केका भावाना
गजलको रुपमा लेखि रहेछु |
काट्ने छैन त्यो सिमाना कहिलै
आफ्नै प्यारो धर्ति टेकी रहेछु |
हो सायद निर्धा भएरै होला
गरिबीको आंङ सेकी रहेछु |
जीवनको पाना पल्टाउदा खेरी
ब्यर्थमै सन्ताप फेकि रहेछु |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड