गजल : By, नवराज भट्ट



सयकडा तीन गरि, बिदेश नआउनु है
दलालको भर परि, बिदेश नआउनु है

यति दु:ख गर्यो भने हिरा फल्छ स्वोदेश मै
धेरै डाडा नदि तरी, बिदेश नआउनु है

हरा भरा बनाउ अब आफ्नै गाऊ बेसी
गाऊ छोडी सहर झरी, बिदेश नआउनु है

एक्लै छाडी बिचरा ती बुडा बा,आमा लाई
राम श्याम गोपाल हरि, बिदेश नआउनु है

नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com