गीत : By, ' नरेन्द्र घर्ती '



आउँदो रैछ मायमा, कुनै दिन यस्तो
मुटु दुख्ने बिछोड को, बेदना यो कस्तो

जस्लाई मैले आफ्नो, दिन सक्थे ज्यान
त्यहिं मायाले उल्टै आज, गरि अपमान
अमर् मेरो पिरतीको, मोल भयो सस्तो
मुटु दुख्ने बिछोड को, बेदना यो कस्तो

बे - मौसम रंग फेर्दै, बदलियो माया
धोका दिएर मायामा, गर्यो दाँया बाँया
भै रहेछ जिन्दगी यो, जिउँदै मरे जस्तो
मुटु दुख्ने बिछोड को, बेदना यो कस्तो

आउँदो रैछ मायमा, कुनै दिन यस्तो
मुटु दुख्ने बिछोड को, बेदना यो कस्तो

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com