गज़ल : By, रोशन खड्का



रुँदै बर्बराउँछु कै'ले दिन ढल्दा कै'ले नशा चल्दा।
एक्लै कराउँछु कै'ले दिन ढल्दा कै'ले नशा चल्दा।

मायाँको चिनो एक तस्वीर छ, जो मुटूमा स्थिर छ।
म मन् पराउँछु कै'ले दिन ढल्दा कै'ले नसा चल्दा।

सोच्छु घाम अस्ताएपछी अनी जून उदाएपछी,
म त हराउँछु कै'ले दिन ढल्दा कै'ले नसा चल्दा।

खुशी दिएँ बन्धकी साथी यो शराब भयो जिन्दगी,
वोतल् भराउँछु कै'ले दिन ढल्दा कै'ले नशा चल्दा।

समाजमा हामरो प्रेम विकृतीको कहानी थियो ।
अचेल् डराउँछु कै'ले दिन ढल्दा कै'ले नशा चल्दा।

रोशन खड्का
दोलखा।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com