एप्पलले प्लाष्टिक आईफोन ल्याउने तयारीमा

बैशाख ९ ,

स्मार्टफोनमा आफ्नो छुट्टै ठाऊँ बनाएको एप्पलले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । निकै सस्तोमा बजारमा ल्याउने तयारी गरिरहेको उक्त आईफोन प्लाष्टिकबाट बनेको र सेतो रंगमा बन्दैछ ।

यो आइफोन कालो, सेतो, निलो, रातो र पहेलो रंगमा बजारमा आउने बताइएको छ । यो आईफोनको तस्विर एप्पलले आफ्नो ब्लगमा हालेको थियो । उक्त आईफोन ९ एमएम बाक्लो, १२० एमएम उचाई, ६२-६५ एमएमको चौडाई रहेको छ । आईफोनमा ५ मेगापिक्सेलको क्यामरा रहेको छ ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com