मेरो बारे पिर कत्ति नमान्नु है बाबा-आमा
दु:ख-सु:ख जसो-तसो जिएकै छु जीवनमा!
पाएकै छु तपाईंहरूको प्रेरणा र आशीर्वाद
मेरो लक्ष्य योजनामा यहाँहरुकै हुन्छ साथ
कर्म गरि केहि नयाँ मैले अघि बढ्न सकुँ
शीर उच्च पारी सधैं अन्यायमा लड्न सकुँ
मलाई जन्म कर्म दिने यहाँहरूको योगदान
भुल्ने छैन कहिल्यैनी गरिरन्छु श्रदा सुमन
कोशिश् मेरो रहनेछ गन्तव्यमा पुग्नलाई
दिन्न कैल्यै यहाँहरूको ठाडो शीर झुक्नलाई
मेरो बारे पिर कत्ति नमान्नु है बाबा-आमा
दु:ख-सु:ख जसो-तसो जिएकै छु जीवनमा!
' नरेन्द्र घर्ती '