गज़ल : By, सनम गोले



विदेशमा नेपाली कुटिन्छ आमा
हिड्दा हिड्दैनै लुटिन्छ आमा

जे पनि हत्तार हत्तार गर्नुछ यहाँ
ढिला गरे डिउडी छुटिन्छ आमा

आराम शितल कहिले पाउने हैन
चर्को घाममा संधै भुटिन्छ आमा

मिलेर बस्न सक्दैन्न कोहिखै किन
भाई भाईनै लड्न जुटिन्छ आमा

भोलि के हुन्छ यहाँ थाहा छैन नि
विश्वासको पर्खाल टुटिन्छ आमा

सनम गोले
दामन ,मकवानपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com