गजल : By, सोमकृष्ण श्रेष्ठ



धन संग माया साट्न कसरी सकेकी
जोडेको यो मन फाट्न कसरी सकेकी

आफ्नु भन्दा बेसी माया तिमीलाई गर्थें
एक्लो पारि डाँडा काट्न कसरी सकेकी

दिल मेरो रूवाएर अरूकै सिन्दुरमा
सजिएर चुल्ठी बाट्न कसरी सकेकी

ज्यानै दिने प्रेमी छोडि अनेत्रै गएर
नाता गाँस्छु भनि आँट्न कसरी सकेकी

झुटो बोल्यौ पराइ सित चोखै छु भनेर
आत्मालाई आफै ढाँट्न कसरी सकेकी

धन संग माया साट्न कसरी सकेकी
जोडेको यो मन फाट्न कसरी सकेकी

सोमकृष्ण श्रेष्ठ
भि न पा २, दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com