जागौ दिदीबहिनी अब आफ्नै आखा खोल्नु पर्छ्
खडा हुनु पर्छ हामी हक अधिकार पाउनु पर्छ
जागौ दिदीबहिनी अब्.............................
गुम्सायर हाम्रो आवाज सुनिदिने कोही हुन्न
लुकायर पिडाहरु बुझिदिने कोही हुन्न
लड्नु परे पनि लड्यौ हेपियर बस्नु हुन्न
नारी पुरुष समान भन्ने नारा लागु किन हुन्न
जागौ दिदीबहिनी अब आफ्नै आखा खोल्नु पर्छ्
खडा हुनु पर्छ हामी हक अधिकार पाउनु पर्छ
जागौ दिदीबहिनी अब्..........................
धेरै भयो महिला हिंशा धेरै दुख भोग्यौ हामी
आफु समान पुरुष लाई देउता ठानी ढोग्यौ हामी
उही समाज कै अंग भइ रात दिन खटदा पनि
अपहेलित भयौ हामी गाउ शाहर जहाँ पनि
जागौ दिदीबहिनी अब आफ्नै आखा खोल्नु पर्छ्
खडा हुनु पर्छ हामी हक अधिकार पाउनु पर्छ
जागौ दिदीबहिनी अब्..................
लक्ष्मी ज्ञवाली ,
गुल्मी