दुबइ चैत २०,
उमाकान्त पाण्डे गाउंले : सम्युत्त अरब एमिरेट्स युएईको दुबइमा एक नेपाली महिलालाई उद्दार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा कार्यरत महिलालाई मालिकको यातना कारण उनको ज्यान जोखिममा रहेको अवस्थामा नेपाली जनसंपर्क समिति युएईले उद्दार गरेको हो ।
सिन्धुपाल्चोककी रमिला तमाङ ( नाम परिवर्तन) लाई उनी कार्यरत घरको जोखिम अवस्थाबाट उद्दार गरि युएईका लागि नेपाली राजदुतावास आबुधाबीको सेल्टर हाउसमा पुराइएको हो ।
घर मालिकको यातनामा सडकमा वेवारिशे अवस्थामा भौतारिएको अवस्थामा जनसंपर्क समितिको पहलमा रमिलालाई उद्दार गरेर दुतावास सम्म पुराइएको हो । १९ बर्षिय तामाङ रोजीरोटीका लागि १ वर्ष अघि दुबइ आएकी हुन । उनी के कसरि युएई छिरेकी हुन भन्ने अझै खुलेको छैन ।
उनी युएई आउँदा श्रम गरे नगरेको अहिले सम्म नखुलेको उद्दारकार्यमा जुटेका सहकर्मीहरुको भनाइ लाई उद्रित गर्दै नेपाली जनसंपर्क समिति यूएईका अध्यक्ष चित्र केसीले जानकारी दिए । 'नेपाली महिला मालिकको यातनाले पीडित भएपछि घर छोडेर भागेर सडकमा अलपत्र परेको खबर अर्का नेपाली सुर्य श्रेष्ठले जानकारी दिएपछि जनसंपर्क समितिले आफ्नो जनशक्ती परिचालन गरेर उद्दार गरेको हो'उनलाई उद्दार गरेर दुतावास सम्म पुर्याएका छौ , राजदुत धनन्जय झाले पनि सक्दो छिट्टो प्रकृया पुरा गरेर उनलाई नेपाल पठाउन पहल गर्ने बताएका छन, केसीले भने ।
'बाबा साउदीमा कार्यरत हुनुहुन्छ,आफु अप्ठ्यारोमा परेपछि बाबालाई खबर गरे ,उहाले भागेर प्रहरीको शरणमा जानु भनेर सिकाउनु भयो तर त्यसो गर्न सकिन सडकमा भौतारिए' तामाङले भनिन । मालिकले बिभिन्न वहनामा दिनहु कुट्ने,काम गरे बापतको तलब नदिने माग्दा उल्टै झपार्ने, गर्ने गरेको दुखेसो रमिलाको छ ।