हेटौँडा, वैशाख ४ ,
जिल्लाको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युत् दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासफर्मरमा गए राति आगलागी हुँदा करिब रु २५ करोडौँ मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ।
गए राति ११:४५ बजे सो टासफर्मरमा भएको आगलागीबाट सो मूल्यबराबरको नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए ।
सो आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन हिजो रातिबाटै अवरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत शारदाविक्रम मल्लले बताए ।
सो आयोजनाबाट उत्पादित बिजुली जलेको टासफर्मरबाट काठमाडौँको केन्द्रीय विद्युत् ग्रीकमा जोडिने गरेको छ।
नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि सो आगो नियन्त्रणमा लिएको थियो। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै