विद्युत् प्रवाह हुँदा एक महिलाको मृत्यु

वीरगन्ज (पर्सा), वैशाख ४ ,

भिस्वाँ निवासी एक महिलाको शरीरमा विद्युत् प्रवाह हुँदा उनको मृत्युभएको छ। वीरगन्ज उपमहानगरपालिका-१८ लक्ष्यमनवामा बस्दै आएका भिस्वाँ-६ का स्थानीय किशोरीप्रसाद कुर्मीकी ३२ वर्षीया श्रीमती स्वचितादेवीको मृत्युभएको पोखरियाका धर्मेन्द्र चौरसियाले जानकारी दिए ।

आज बिहान घर सफा गर्ने क्रममा इन्भर्टरबाट चुहावट भएको विद्युत् उनको शरीरमा प्रवाह हुँदा कुर्मी गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते कुर्मीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा मृत्युभएको हो। उनको आजै दाहसंस्कार भएको पारिवारिक स्रोतले जनाएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com