काठमाडौ बैशाख १६,
कुनै समय राजधानीका एफएममा निकै चलेका रेडियो जक्की (आरजे) पलायन भएका छन । समय परिस्थितीसंग जुध्न नसकेर वा रेडियोमा बोलेको पैसाले घरव्यबहार चल्न छाडेपछि कुनै बेला रेडियोका स्रोतका ढुकढुकी बनेका आरजेहरु पलायन भएका हुन ।
५० को दशकको अन्त्य तिर खुवै चलेका प्रकाश सायमी र डियर कल्याण आजकाल रेडियो भन्दा बाहिरछन । यस्तै महिलामा रीता लिम्बु, सञ्जु कोइराला र प्रभा भट्टराइ हरुलाइ नयाँ पुस्ताले चिन्न छाडिसकेका छन । हिटस एफएममा एउटा लोकप्रिय कार्यक्रम थियो–‘मेरो कथा मेरो गीत’ जुन संचालन गर्थे डियर कल्याणलेले ।
‘जब विहिबारको दिन मध्यान्हमा डियर कल्याणको कार्यक्रम आउथ्र्यो सबै काम छाडेर रेडियो सुन्दथे, दशक पहिलेको कुरा सम्झदै रामेछापवाट काठमाण्डौ आइ ट्याक्सी चलाउदै आएका स्याङतान लामा भन्छन–आजकाल त्यस्तो सुन्न कहाँ पाउनु ।’ डियर कल्याणको नाममा एकजना विदेशी विद्यार्थीले पीएचडीको शोधपत्र तयार गरेका थिए ।
कनै बेला प्रकाश सायमीका कार्यक्रम त्यस्तै लोकप्रिय थिए, सायमीले रेडियो सगरमाथामा संगीत सरोवर नामक कार्यक्रम चलाउदा काठमाण्डौले अरु सुन्दैथ्यो । तर सायमी पनि अहिले रेडियोमा छैनन । उनैले सुरु गरेको कार्यक्रमलाइ दीपकराज पाण्डेले केही समय निरन्तरता दिएपनि उनी अष्ट्रेलिया भासिएपछि त्यो कार्यक्रम घिटिघिटि चलिरहेको छ, नाम फेरेर संगीत आकाशको नाममा ।
कुनै बेला रीता लिम्बुका फ्याउ उस्तै थिए, व्यापारी देखी आर्मीका जर्नेल सम्म । जब उनी हिट्स एफएम हुदै इमेज देखी गोर्खा एफएमसम्म चाहारिन उनको क्रेज ओरालो लाग्यो । पछिल्ला दिनमा उनी एउटा अनलाइन रेडियोमा दिन गुजारी रहेकी छन । रीता लिम्बु भन्दा हुरुक्कै हुने उनका प्रशंसक अहिले भेटिन छाडेका छन ।
नेपालको पहिलो व्यवसायीक रेडियो कान्तिपूर एफएमका स्रोताले सन्जु कोइरालाको नाम नसुन्ने कुरै भएन । कतिसम्म भने उनकोएउटा विज्ञापन खुवै चर्चित थियो–‘नमस्ते म सन्जु, मलाइ थाहा छ, तपाइ राम्री हुनुहुन्छ, तपाइलाइ झन राम्री बनाउन मद्दत गर्नेछ...’ले भनेर उनको आवाजमा बजेको विज्ञापनले त्यो बेलाका अल्लारे केटीहरु भुतुक्कै ।
कान्तिपूरमा एकछत्र राज गर्न थालेपछि सन्जुलाइ कान्तिपूरवाट लखेटियो, अनि उनले केही समय काठमाण्डौको एचबीसी एफएममा दिन गुजारीन ।
श्रीमान ब्रजेस खनालसंग सम्बन्ध विच्छेद गरेरएक्ली बस्दै आएकी कोइराला अहिले एनसेलमा मिडिया हेर्ने अधिकृतको रुपमा लाख हाराहारीको जागरि खाएरबसेकी छन।
हाइफाइ नरुचाउने बर्षका लागि रेडियो सगरमाथामा ‘मिर्मिरे भाका’ चलाउने प्रभा भट्टराइ कुनै वेला धेरै रेडियो स्रोतको मुटुमा बास गरेकी थिएन । स्वरकी धनि रेडियो श्रोताकी प्रिय आजरे भट्टराइको मिठो स्वरु सुन्न भगमानले ‘माथी’ लगे । लागू औषध सेवनमा पक्राउ परेर विबादमा परेका पप गायक सुगम पोखे्रल पनि सगरमाथा रेडियोका आरजे थिए–‘नयाँ पुस्ता’ कार्यक्रम चलाउने ।
यौन स्कण्डलमा परेपछि नायिता नम्रता श्रेष्ठले पनि आरजेको भूमिकावाट हात धोएकी छन, भने व्यबस्थापनसंग कुरो नमिलेपछि प्रभात रिमालले पनि डेड दशक लामो करिअरवाट हात धोएर बसेका छन ।
मोफसलमा पोखराको अन्नपूर्ण एफएमका दीपेन्द्र श्रेष्ठ र आरजु विष्ट सल्यानी बाहेक सम्झना लायक आरजे छैनन ।
मुस्किलले टिकिरहेकाहरुको हालत पनि खासै राम्रो छैन, कान्तिपूरमा हेम सुवेदी र सविना कार्कीहरु पुराना स्रोतासंग गफ गरेर दिन काटेका छन । ‘रेडियो यति धेरै भए कि अब श्रोताले फोनपनि गर्न छाडे, अहिले कामगरिरिहेकी एकजना आरजे भन्छिन–आबाज सुन्दा वित्तिकै कस्ले फोन ग-र्यो भन्ने थाहा हुन्छ ।’
नयाँ पुस्ताले विस्थापन गरे
रीता लिम्बुले इमेज एफएममा कार्यक्रम चलाउदा उनकी सक्रिय स्रोता थिइन, कृति भट्टराइ । अहिले रीता लिम्बु ओरालो लाग्दैगदा कृर्ती भट्टराइ इमेजमा उकाली चढदै छिन । अहिले बजारमा चलेका भनिएका आरजे रीता लिम्बुवाट प्रभावित भएर रेडियोमा लागेकी हुन ।
नयाँ सोचले कृर्तीलाइ स्थापित र रीतालाइ विस्थापित गर्दैछ ।
तर नयाँ पुस्ताका आरजेले चलाएका कार्यक्रम फितला बन्दै गएपछि एफएम रेडियोको चार्म सकिएको छ । ‘नेपालमा एफएम रेडियोले झण्डै दुइ दशकसम्म राज गरिसक्र्यो, एकचना स्थापित आरजे भन्छन–अव एफएम रेडियो विबाह गरिसकेकी प्रेमिका जस्तै भइन ।’
पुराना आरजे विस्थापित हुनुको प्रधान कारण चाही एफएमको आम्दानी घटनु नै हो । जमाना अनुसारको पारिश्रमिक नपाएर छाड्नु परेको ती आरजेहरु बताउछ । रेडियो नेपालका सदाबहार प्रस्तोता नबराज लम्सालहरुको कमाइ पनि घटन थालेको छ ।नेपाली ||