कुवेतमा युवतीमाथि बलात्कारको प्रयास

कुवेत चैत्र १९,

जवर्जस्ती गाडीमा राखेर मरुभूमितिर लगे कुवेतको फरवानियामा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । स्थानीय अल वातान अरेबिक दैनिकले जनाए अनुसार दुई जना अज्ञात पुरुषले उक्र युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् ।

सुरुमायुवतीलाई सित्तैमा घर पुर्याइदिने प्रस्ताव गरेपनि उनीहरुको प्रस्ताव नमान्दा ती पुरुषहरुले जबर्जस्ती गाडीमा राखेका थिए । निवासमा फर्कँदै गरेकी युवतीलाई जवर्जस्ती गाडीमा राखेर उनीहरुले मरुभूमितिर लगेका थिए ।

उनीहरुले बलात्कारको प्रयार गर्दा आफूले चिच्चाएर प्रतिकार गरेपछ छाडेर गएको प्रहरीलाई ती युवतीले जानकारी दिएकी छिन् । उक्त दैनिकले जनाए अनुसार युवतीले दिएको बयानको आधारमा त्यहाँको प्रहरीले कार र अभियुक्तको खोजी गरिरहेको छ ।(नेपालब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com