ढुङ्गाले किचेर श्रीमतीको हत्या

उदयपुर चैत २०,

महेश्वर चामलिङ राई : यहाँका एक स्थानीयले आफ्नै श्रीमतीलाई ढुङ्गाले किचेर हत्या गरेका छन्। जिल्लाको दक्षिणवर्ती गाविस तपेश्वरी ९ का रीमबहादुर भुजेलले सोमबार राति श्रीमती मैनालाराई सुतेके ठाउँमा ढुङ्गाले किचेर हत्या गरेको प्रहरीले जनाएको छ।

घरमै सुतिरहेका बेला मादक पदार्थ सेवन गरेका ३३ वर्षीय भुजेलले राति ९:३० बजे श्रीमतीलाई ढुङ्गाले टाउकोमा हिर्काउदा घट्नास्थलमै मृत्यु भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए।

भुजेललाई इलाका प्रहरी कार्यालय रामपुरठोक्शीलाले आज विहान नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मृतकको लास पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको इन्स्पेक्टर पौडेलले बताए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com