'आइरन लेडी' को अन्त्येष्टि

लन्डन वैशाख ५ ,

लन्डनका मार्गहरूबाट मार्गरेट थ्याचरको शवयात्रा बढ्दै गर्दा हजारौं शुभेच्छुकले श्रद्धाञ्जलि प्रकट गरेका छन् । उनले सेन्ट पल क्याथेड्रलमा भव्य समारोहबीच बिदाइ गरियो । पूर्व 'आइरन लेडी' को अन्त्येष्टिमा महारानी एलिजावेथ द्वितीयाले बेलायती सरकारको नेतृत्व गरेकी थिइन् । 

एक सय ७० मुलुकका २ हजार प्रतिनिधि त्यहाँ उपस्थिति थिए । संसद्बाट सेन्ट पलसम्म शव लैजाँदै गर्दा लाखौंले उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए । करिब ७०० थल, जल तथा वायुसैनिक उक्त शवयात्राको मार्गमा तैनाथ गरिएका थिए । सेनाको संगीत समूहले शवयात्रामा बाजा बजाएका थिए । 

यात्राका लागि करिब चार हजार प्रहरी अधिकारी तैनाथ गरिएका थिए । क्याथेड्रेलमा महारानी एलिजावेथ द्वितीयाले श्रद्धाञ्जलि व्यक्त गरिन् । उनी यसअघि सन् १९६५ मा विन्स्टन चर्चिलको अन्त्येष्टिमा मात्र सहभागी भएकी थिइन्् । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जर तथा कलाकार जोन कोलिन्स तथा सर्ली ब्यासी पनि उपस्थित थिए । 

अन्त्येष्टिमा लन्डन रिचर्ड चार्टर्सका विसपले थ्याचर मुलुकलाई धु्रवीकरण गर्ने नेता भए पनि अन्त्येष्टि मा कुनै ध्रुवीकरण नभएको बताए । बेलायती प्रथम महिला प्रधानमन्त्री थ्याचरले सन् १९७९ देखि १९९० सम्म शासन गरेकी थिइन् । उनको ८७ वर्षको उमेरमा मस्तिष्कमा अक्सिजन प्रवाहमा कमीका कारण निधन भएको बताइन्छ । 

शव र्‍यालीमा केही यक्तिले उनको विरोधमा प्रदर्शन पनि गरेका थिए । थ्याचार बेलायतलाई ध्रुवीकरण गर्ने नेताको रूपमा पनि चिनिन्थिन् । अन्त्येष्टिमा एक करोड बेलायती पाउन्डभन्दा कमै खर्च भएको बताइन्छ ।एएफपी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com