काठमान्डू चैत्र २१,
गएको शुक्रबार दरबारमार्गस्थित अन्नपूर्ण होटलको स्वीमिङपुल साइडमा सजाइएको स्टेजले फरक अनुभूति दिइरहेको थियो। कारण उक्त स्थानमा रहेका रूखहरूलाई पनि स्टेज सेटअपको अभिन्न हिस्सा बनाइएको थियो।
साँझ छिप्पिँदै गएपछि प्रारम्भिक पर्फर्मेन्सका लागि अभिनेत्री एवं मोडल पि्रयंका कार्कीको आगमन हुन्छ, त्यो पनि एरियल त्र]mेनमार्फत्, जुन दृश्य यस प्रकारको कार्यक्रमका लागि एकदमै नौलो थियो। बि्रट ्नी स्पेयर्सको 'स्त्रिmम एन्ड साउट' गीतमा पि्रयंकाले आफ्नो बारुली कम्मर मर्काएसँगै प्रारम्भ भएको ट्रेन्डसेटर्स शीर्षकको उक्त फेसन कायर् क्रममा ननस्टप फेसन, स्टाइल र ग्ल्यामरका अनेकन शैलीबाट साक्षात्कार हुन पाइयो।
भुटु इन्टरटेन्मेन्टको आयोजनामा प्रस्तुत उक्त फेसन कार्यक्रममा विश्व गौतम, क्रसरोड अपेरलको शुभेच्छा भँडेल, आयरा, आस्तिक शेरचन, बिना घले, हाउस अफ फेसनको ममता गुरुङ जोशी, नाउ जिन्स, ओढनी, सुरुचिरा शाक्य तथा तेन्जिङ छितेन भुटिया गरी दस जना डिजाइनरले तयार पारेका उत्कृष्ट, मनमोहक, सुन्दर, आकर्षक एवं अनुपम फेसन र स्टाइलका अनेकौं सिर्जना प्रदर्शन गरिए।
करिब तीन दजर्न मोडलको सहभागिता रहेको उक्त फेसन शोको कोरियोग्राफी विपिन गुरुङले गरेका थिए भने मोडलहरूको लुक र मेकअपको जिम्मा सकिल कुँवरले लिएका थिए। व्यावसायिक मोडलहरूबाहेक अभिनेत्रीहरू झरना बज्राचार्य, पि्रयंका कार्की, नम्रता श्रेष्ठ, रिमा विश्वकर्मा आदिको उपस्थितिले कार्यक्रम थप रोमाञ्चक बन्न पुगेको थियो।
ब्युटी क्विनहरू माल्भिका सुब्बा, सृष्टि श्रेष्ठ, मलिना जोशी, सहाना बज्राचार्य, अभिने ता एवं सञ्चारकर्मी रेमनदास श्रेष्ठदेखि मिस नेपाल आयोजनाका कोरियोग्राफर रचना गुरुङ शर्माको शो स्टपर पर्फर्मेन्सले उक्त शोलाई थप उचाइ प्रदान गर्यो।(साप्ताहिक)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै