एकै दिन ३३ सय रुपैयाँ घट्योनेपाली बजारमा सुनको भाउ घटेर झण्डै २ बर्ष अघिको अबस्थामा पुगेको छ । नेपाल सुनचाँदी ब्याबसायी महासघले तोकेको भाउ अनुसार सोमवार नेपाली बजारमा सुन प्रतितोला ५२ हजार पाँच सय रुपैयामा झरेको छ । यसअघि २०६८ साल भदौमा सुनको भाउ यहि हाराहारीमा थियो ।
२०६८ सालको चैत मसान्तसम्म ५५ हजार ८ सयमा कारोबार भैरहेको सुनको भाऊ २०६९ सालको नयाँ वर्षपछि बजार खुल्दा तोलमा एकै पटक ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च घटेकोले त्यसको प्रभाब नेपाली बजारमा पनि परेको हो ।
अन्तराष्ट्रिय बजारमा सुनमा लगानी गरेर होल्डिङ गर्नेहरुले धमाधम बेच्न थालेकोले भाउ एक्कासी घटेको महासघका महासचिब माणिकरत्न शाक्यले बताउनुभयो । भारतमा पनि सुनको भाउ झण्डै १५ सय भारतीय रुपैयाँले घटेको छ ।
तर नेपालमा भन्सारका कारण भारतमा भन्दा सुन केहि महङ्गो छ ।
नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजार अनुसार तोकिने गरेको छ । यस्तै नेपाल बजारमा चाँदीको भाउ पनि केहि घटेको छ । चाँदी ७० रुपैया घटेर प्रतितोला ९ सय ३५ रुपैयामा कारोबार भैरहेको महासघले जनाएको छ ।