यी मेरा पुकारको ती बातहरूमा
तिम्रो मनमा चोट लाग्न सक्छ
कंहिले चोखो मायाको पत्यारमा
निराशा भैइ आशुँ झारन सक्छ
ॠतुमा मौसमले बदलिन सक्छ
कंहि तिरष्कारले अल्झिन भन्छ
कंहिले साथहरू छुटेर टुट्न सक्छ
कंहिमा यादहरू बटुलेर बाँच्न पर्छ
दुषित हावा चलिरहेछ यी धर्तीमा
मनको रोग निरोग हुन्न पिरतीमा
मुल्य छैन यो त्याग र बलिदानमा
भरोसा हुन्न यो प्यारको ती प्रणमा
गोपाल प्रधान